काठमाडौं-नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे अर्को छिमेकी चीनले एक सातापछि मुख खोलेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले नियमित पत्रकार भेटघाटमा कालापानी अतिक्रमणबारे आएको जिज्ञासामा उत्तर दिँदै भने, ‘कालापानी क्षेत्रबारे नेपाल र भारतले शान्तिपूर्ण मित्रवत वार्ता गरेर समाधान खोज्न आवश्यक छ।’यो समाचार आजको अन्नपूर्ण दैनिकले छापेको छ |
समाचार अनुसार जम्मु-कश्मीर र लद्दाखलाई छुट्याएर केन्द्र शासित प्रान्त बनाएपछि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत पारेको थियो। त्यसबारे समाचार बाहिर आएपछि भारतको उक्त कदमबारे चर्को विरोध भइरहेको छ। सरकारले पनि एकपक्षीय नक्सा अस्वीकार्य भएको जानकारी दिइसकेको छ।
भारतसँग कसरी प्रस्तुत हुने भन्दै सरकाले राजनीतिक दल, बुद्धिजीवीलगायत सीमा विज्ञसँग छुट्टै छलफल गरेरसमेत परिपक्व धारणा बनाएको छ। उक्त क्षेत्र भारतले मिचेको भन्नेमा सबै राजनीतिक दल, बुद्धिजीवी एक स्थानमा उभिएर कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव दिएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस