काठमाडाैं -प्रधानमन्त्रीको नीजि सचिवालयका सदस्यहरूमा केहि पुनः साेही पदमा फर्केन भएका छन्। प्रधानमन्त्रीकाे निर्देशनपछि २२ र २४ कात्तिकमा ११ जना सचिवालय सदस्यले राजीनामा बुझाएका । राजीनामाको एक सातासम्म पनि प्रधानमन्त्रीले नयाँ सल्लाहकार नियुक्त गरेका छैनन् । तर, सचिवालयबाट राजीनामा दिएका सहयोगीहरू भने पुरानै स्थानमा फर्कन दौडधुप गर्दैछन् ।
प्रधानमन्त्रीको प्रेस हेर्न सचिवालयमा ३ जना छन् । पत्रकारिताका गुरु कुन्दन अर्याल, पत्रकार रामशरण बजगाईं र चेतन अधिकारी ।
चेतन प्रेससँगै प्रधानमन्त्रीको भ्रमण तालिका पनि व्यवस्थित गर्छन् । स्राेतका अनुसार प्रधानमन्त्रीकै गृहजिल्लाका चेतनसँग प्रधानमन्त्री सन्तुष्ट छन् । उनी पुनः बालुवाटार फर्कने लिस्टमा छन् । तर बजगाँइ भने नफर्कने भएका छन् ।
प्रधानमन्त्रीको स्वास्थ्य अपडेटलगायतका सूचना सम्प्रेषणका कारण विवादमा पर्दै आएका कुन्दन अर्याल राजनीतिक सल्लाहकार विष्णु रिमालसँगको टक्करका कारण सचिवालयबाट बाहिरिँदैछन् ।
रिमाललाई ओलीले नेताभन्दा बढी व्यवस्थापकका रूपमा विश्वास गरिरहेका छन् । यही कारण नयाँ टिममा पुरानै भूमिकामा फर्कने तयारीमा छन् रिमाल । तर, बालुवाटार स्राेतका अनुसार राजनीतिक सल्लाहकारमा नेकपाका मन्त्री भइसकेका केही नेताको नाममा पनि छलफल भने चलिरहेको छ ।
राजीनामा दिएर बसेका जनसम्पर्क सल्लाहकार अच्युत मैनाली र विकास विज्ञ घनश्याम भट्टराई भने बालुवाटार नफर्कनेको लिस्टमा छन् । दुवैको कामप्रति प्रधानमन्त्रीले लामै समयदेखि असन्तुष्टि जनाइरहेका कारण उनीहरूको पुनरागमनको सम्भावना नभएको स्राेतको दाबी छ ।
प्रधानमन्त्रीको सचिवालयमा फर्कने बलिया दाबेदार विष्णु रिमाल र चेतन अधिकारी हुन् । उनीहरूसँगै परराष्ट्र सल्लाहकार राजन भट्टराई, आईटीविज्ञ अस्गर अली, स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर कृष्ण पौडेल पनि सचिवालयमा पुनः नियुक्ति पाउने लिस्टमा छन् ।
उनीहरूको कामबाट प्रधानमन्त्रीको खास असन्तुष्टि नरहेका कारण पुनः बालुवाटार फर्कने सम्भावना रहेको स्राेतको दाबी छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस