वीरेन्द्रनगर– सुर्खेतको पर्यटकीयस्थल बुलबुले तालमा यस आर्थिक वर्षमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । गत साउनयता मात्र ७० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक घुम्न आइसकेकामा करीब दुई सय विदेशी पर्यटक पुगेका छन् । पछिल्लो समय ताललाई सफा र थप आकर्षित बनाइएकाले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो ।
दशँैं र तिहारजस्ता चाडपर्वका बेला यहाँ घुम्न आउनाका साथै पिकनिकका लागि पनि पर्यटक आउने गर्दछन् । चाडपर्व सकिएसँगै पिकनिकस्थलको रुपमा यो क्षेत्र भीड लाग्ने गरेको सुर्खेत उपत्यका नगर विकास समितिले जनाएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न यहाँ बुलबुले उद्यान पुनःनिर्माण गरिनाका साथै तालमा डुङ्गा पनि सञ्चालन गरिएको छ ।
दशैँ तिहारपछि बुलबुले ताल घुम्न आउनेको सङ्ख्यामा ह्वात्तै बढेको उक्त समितिका कर्मचारी निर्मला बास्तोलाले बताए । मुगुको रारा ताल घुम्न आउने पर्यटक बुलबुलेमा पनि घुमेरै जाने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेने गरेको उनको भनाइ थियो
बुलबुलेमा यतिबेला दैनिक तीन हजारसम्म आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन् । बर्दियादेखि पिकनिक आएका कृष्ण रोकायले आफूलाई बुलबुले राम्रो लागेको बताए । त्यसैगरी बाँकेबाट घुम्न आउनुभएका सरिता मगरले पहिलेको भन्दा केही परिवर्तन भएको बताउँदै अझै यसलाई व्यवस्थित बनाउन सके बाह्य पर्यटकको आकर्षण बढ्ने जानकारी दिए ।पर्यटकको सङ्ख्या वृद्धि भएसँगै त्यहाँको आम्दानीसमेत बढन थालेको छ । गत वर्ष दुई लाख ४७ हजार पर्यटक आउँदा रु पाँच लाख आम्दानी भएको उक्त समितिका लेखापाल खड्ग रानाले जानकारी दिए ।
सवारी साधन पार्किङ स्थल, पिकनिक स्पट, ‘फिलिम सुटिङ’, खानेपानीको व्यवस्था, डुङ्गामा सयरजस्ता सुविधाका कारण बुलबुले तालबाट आम्दानी हुन थालेको र सो आम्दानी बुलबुलेको संरक्षण, विकास, र व्यवस्थापनमा खर्च हुने उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस