पोखरा- बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आउँदै छन् । राष्ट्रपति हमिद आज बिहान ११ः३० बजे नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुग्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए ।
पोखराको दृश्यावलोकन गर्न आउन लाग्नुभएका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको प्रजिअ केसीले बताए । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गर्नेछन ।
राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाद्वारा दुई झाँकी देखाउने तयारी गरिएको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गर्नेछन् ।
राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सबै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको उनले बताए ।
पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले फेवाताल किनारास्थित फिष्टेल लजमा आराम गर्नुका साथै केही समय फेवातालमा जलविहार गर्ने कार्यक्रम छ । जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्कने प्रजिअ केसीले जानकारी गराए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस