काठमाडाैं-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल भएको पाइएको छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन ।
पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्य भएकाहरू पनि आफूले जिम्मेवारी नपाउँदा पार्टी चलायमान बन्न नसकेको गुनासो गर्छन् । पार्टी एकतापछि पार्टीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका केन्द्रीय सदस्यहरूको शपथको समयमा निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर गर्नका लागि बैठक बसे पनि दोस्रो बैठक बस्न सकेको छैन ।
पार्टीको विधानअनुसार ६/६ महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि केन्द्रिय समिति बैठक बस्न सकेको छैन । पार्टीको केन्द्रीय सदस्य भएर पनि पार्टीको तल्लो तहसम्म जाँदा पार्टीको नीति तथा गतिविधिको विषयमा जानकारी नपाएको केन्द्रीय सदस्य गणेश पहाडीले बताए ।
यसैगरी, तीन/तीन महिनामा बस्नुपर्ने पार्टीको स्थायी समिति बैठक झन्डै एक वर्ष बित्न लाग्दासमेत बस्न सकेको छैन । नेकपाको अन्तरिम विधानमा तीन/तीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्ने प्रावधान छ । गत वर्ष पुसपछि स्थायी समिति बैठक बसेको छैन । स्थायी समिति नबसेकै कारण गत ३१ साउनमा नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउन गरेको निर्णय अझै अनुमोदन भएको छैन । स्थायी समिति नबस्दा यस्ता थुप्रै काम अड्किएका छन् ।
स्थायी समिति सदस्य घनश्याम भुसालले बैठक नबसेकाले पार्टी लथालिंग भएको बताए । ‘हामीले पार्टी चलाएकै छैनौं । पार्टी लथालिंग छ,’ उनले भने, ‘पार्टीभित्र अन्योल बढेको छ भने दुई तिहाइको सरकारलाई जनतामा स्थापित गर्न सकिएको छैन ।’ उनले अब त स्थायी समितिको बैठक बोलाउने माग गर्नु पनि लज्जाको विषय बनेको बताए । यति धेरै माग हुँदा पनि बैठक नराख्नु उदेकको दृढता भएको उनले बताए । पार्टी लथालिंग हुनुमा सचिवालयसमेत जिम्मेवार रहेको उनी बताउँछन् ।
‘चाहिएको बेलामा सचिवालय बसेको छ । तर, कसैले पनि स्थायी समितिका लागि पहल गरेको छैन,’ उनले भने, ‘पार्टीको स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बस्न नसक्दा तत्कालका लागि सचिवालयलाई अधिकार दिइएको हो । तर, सचिवालयलाई दिइएको जिम्मेवारी पूरा गर्न उहाँहरू असफल हुनुभयो ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस