वि.सं.२०७६ साल कात्तिक २८ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर १४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि द्वितीया,३३ घडी ४१ पला,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त तृतीया । नक्षत्र रोहीणी,४३ घडी ०७ पला,बेलुकी ११ बजेर ३९ मिनेट उप्रान्त मृगशिरा । योग,परिध ११ घडी २१ पला,बिहान १० बजेर ५७ मिनेट उप्रान्त शिव । करण तैतिल,बिहान ०७ बजेर ५२ मिनेट उप्रान्त गर,बेलुकी ०७ बजेर ५३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा सिद्धि योग । चन्द्रराशि वृष । काठमाडौंमा सूर्योदय ०६ बजेर २४ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५५ पला विश्व मधुमेह दिवस।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यापार बढ्नुको साथै आम्दानिमा बढोत्तरिको योग रहेकोछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाईलो बाताबरण समय व्यातित गर्न सकिनेछ । गाएन तथा कलाकारिता क्षेत्रमा समय लगानि गर्नेहरुले नाम तथा दान दुवै कमाउँन सक्नेछन् ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
ईच्छाशक्ति बढ्ने तथा कृतिमानी काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो हुने तथा जीवन साथिको सहयोग पाईनेछ । पढाईमा मन जाने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । आफ्नो दैनिक काम समयमा सम्पादन गरि बचेको समय समाजसेवामा खर्चन पाईने हुनाले मान सम्मान पाईनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
खर्च भावमा गोचर गर्ने चन्द्रमाले आम्दानि भन्दा खर्च बढ्ने हुदा लगानिका अन्य अवसर गुम्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । तरपनि विदेशी लगानिबाट सञ्चालित सस्थामा काम पाउने तथा विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ईमान्दार तथा लगनशिल भएर लाग्नाले समाजमा राम्रा काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गरि सबैको ध्यान केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ भने शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा समय लगानि गर्नेहरुका लागि समय फलदायि रहेकोछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय राम्रो रहेकोछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बुवा तथा बुवा सरहका ब्याक्तिबाट भरपुर सहयोग प्राप्त हुँने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । निति निर्माण तहमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउँन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुँने योग रहेको छ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापारमा लगानि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । समयले साथ दिने हुनाले सानो प्रयत्नले परिणाममुखि काम गर्न सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेममा रमाउँन चाहानेहरुका लागि समय उत्तम रहेकोछ । आत्मबिश्वास बढ्ने हुनाले लक्ष्य पहिल्याउँन सकिनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
भौतिक बस्तु तथा सवारि साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा साथिभाई सँग मनमुटाब सिर्जना हुने योग रहेकोछ । व्यापारमा लगानि गरिहाल्ने समय नरहेकोले गरिरहेको कामलाई निरन्तरता दिनुहोला । माया प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउँनेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउँनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
मध्ययम रहेकोले बिलाशी तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । बन्द व्यापारमा मन्दि आउने तथा दैनिकी कष्टकर हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने तथा अग्रजहरु सँग राय बाजिनेछ । साझपख स्वास्थ्य सम्बन्धि समस्या आउने तथा औषधि उपचार खर्च बढेर जानेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अरुको सहयोग पाईने तथा आफन्तको बिश्वास जितेर काम गर्न सकिने हुनाले मन प्रशन्न हुनेछ । विवाद,प्रतिष्पर्धामा तपाईको जित निश्चित रहेकोछ । अध्ययनमा मन जानेछ भने भनेजस्तो नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउँन चाहने जोडीहरुका लागि समय उत्रम रहेकोछ । साहशिलो काम गरेर लाभ लिन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
व्यापारमा प्रशस्त फाईदा हुनाले थप लगानि गर्ने बाताबरण बन्नेछ । स्थाई सम्पति तथा मन परेको सामान उपहारको रुपमा प्राप्त हुनेछ । सन्तान तथा अनुयायिको साथले उपलब्धिमुलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरु पुनह सुचारु हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
समय तथा परिस्थितिसँग जुध्न नसक्दा अरुभन्दा पछि तपाईँको नाम आउँनेछ । राजनीति तथा सामाजिक काममा आलोचना सहितको समर्थन प्राप्त हुनेछ । सस्कार तथा सस्कृति बिर्सनाले अग्रजहरु रिसाउनेछन् । मन परेको मानिस टाडिनाले मनमा खिन्नता पैदा हुनेछ । सेवामुलक व्यावसाय फस्टाएर जानेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
प्रतिष्पर्धामा प्रतिष्पर्धीहरुलाई किनार लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । खेल तथा अन्य अतिरिक्त क्रिर्याकलापमा भाग लिने अवसर जुर्र्नेछ भने नतिजा पनि आफैतिर ल्याउन सकिनेछ । न्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुनेछन् । सामाजिक सञ्जाल तथा मिडिया मार्फत आफ्ना बिचारहरु जनमानसमा लैजान सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस