विराटनगर– नेपाली काङ्ग्रेसका उपसभापति विजयकुुमार गच्छदारले भारतले जारी गरेको नेपालको भूमिसहितको नक्सा अविलम्व सच्याउनु पर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले कालापानी, लिपुुलेक र लिम्पियाधुरा नेपालको भू–भाग भएकाले भारत सरकारले तत्काल नक्सा सच्याई अतिक्रमण गरिएको नेपाली भू–भागबाट तत्काल फिर्ता गर्नुुुपर्नेमा जोड दिएका छन् । “नेपालको एक इन्च भू–भाग पनि अतिक्रमण गर्ने कुुरा नेपाली जनतालाई सह्य हुँदैन्”, उनले भने । आफ्नो देशको भूमि अतिक्रमण गर्दा जनताले विरोध गर्नु स्वभाविक भएको उनले प्रष्ट परेका छन्।
अतिक्रमण भएको भू–भाग र्फिता गराउने विषयमा सबै राजनीतिक दल एक भएकाले यस सम्बन्धमा सरकारले कूटनीतिक पहल गरी भारत सरकारसँग ठोस वार्ता एवं छलफल गर्नुपर्ने उपसभापति गच्छदारको भनाइ थियो ।
सरकारले प्रतिपक्षसँग सहमति, साझेदारी एवं विश्वासको आधारमा राज्य सञ्चालन गरे मुलुक समृद्ध हुने उनले बताएका छन्। उपसभापति गच्छदारले आगामी मङ्सिरको पहिलो हप्ताभित्र फोरम लोकतान्त्रिक र काङ्ग्रेसबीच ११ केन्द्रीय सदस्यलगायत अन्य समायोजन प्रक्रिया टुङ्गिने जानकारी दिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस