भक्तपुर– चारदिने नेपाल भ्रमणमा आउनु भएका बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज भक्तपुरको ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवलोकन भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा राष्ट्रपति हमिदले भक्तपुर दरबार क्षेत्र, राष्ट्रिय कला सङ्ग्रहालय, पच्चपन्न झ्याले दरबार, गोल्डेन गेट, शिव मन्दिरलगायतको अवलोकन गरेका हुन् । सो अवसरमा उनले भक्तपुर नगरपालिकाद्वारा प्रस्तुत गरिएको माक प्याखँ नाच, देवी नाच, ख्याक नाचलगायतको अभिरुचिका साथ अवलोकन गरेका छन् । हेलिकप्टरबाट सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय अवतरण गरेका राष्ट्रपति हमिद दूधपाटीहँुदै भक्तपुर दरबारस्क्वायर पुगेका थिए । त्यहाँ उनलाई भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले स्वागत गरेका थिए ।
राष्ट्रपति हमिदले सकिमना पूर्णिमा (कात्तिक पूर्णिमा) को अवसरमा तौमढीमा विभिन्न गेडागुडीको समिश्रणबाट बनाइएको कला आकृतिको अवलोकनसमेत गरे । भ्रमणका क्रममा उनले यहाँ राखिएका विभिन्न सामग्रीबारे चासो राख्नुका साथै भक्तपुर भ्रमणमा आएका बाह्य पर्यटकसँग कुराकानीसमेत गरेका छन् । राष्ट्रपति हमिदसँगै उनकी धर्मपत्नीसहितको टोली नेपालको ऐतिहासिक पर्यटकीय नगरी भक्तपुरको अवलोकन गर्न यहाँ आएको हो ।
सो अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख प्रजापति र पर्यटन सूचना केन्द्रका अधिकृत दामोदर सुवालले राष्ट्रपति हमिदलाई भक्तपुरको कला र संस्कृतिबारे जानकारी गराएका छन् । उनलाई भक्तपुरको जुजु धौले स्वागत गरिएको थियो भने प्रसिद्ध मयूरको झ्याल उपहार प्रदान गरियो । राष्ट्रपति हमिदका साथ भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र बङ्लादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र सहभागी थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस