वि.सं.२०७६ साल कात्तिक २६ गते । मंगलबार । ईश्वी सन् २०१९ नोभेम्बर १२ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि पूर्णिमा,३१ घडी ४४ पला,बेलुकी ०७ बजेर ०४ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र भरुणी,३८ घडी ३७ पला,बेलुकी ०९ बजेर ४९ मिनेट उप्रान्त कृतिका । योग,व्यातिपात १४ घडी ५९ पला,दिउसो १२ बजेर २२ मिनेट उप्रान्त वरियान । करण भद्रा,बिहान ०६ बजेर ३३ मिनेट उप्रान्त बव,बेलुकी ०७ बजेर ०४ मिनेट उप्रान्त बालव । आनन्दादिमा मुसल योग । चन्द्रराशि मेष । काठमाडौंमा सूर्योदय ०६ बजेर २२ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर ११ मिनेट । दिनमान २७ घडी ०१ पला । पूर्णिमा व्रत। कार्तिकस्नान तथा चतुर्मास व्रत समाप्ति। मन्वादि। सकिमना पुन्ही। थानकोटको वाणस्थलीमा त्रिवेणी स्नान। बराहक्षेत्रमा धार्मिक मेला समाप्ति। डोटीको सिलगढीमा शैलेश्वरी जाँत। त्रिपुरोत्सव। निम्बार्काचार्य जयन्ती। गुरुनानक जयन्ती।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
राजनीति तथा समाजसेवामा जनताको कामगरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । राम्रो काम गरि परिवार तथा समाजमा गुमेको साख फिर्ता गर्ने समय रहेकोछ । अध्ययनमा समय लगानी गर्ने बिद्यार्थीहरुका लागि समय उत्तम रहेकोछ । व्यापारी,उद्योगी तथा कलाकारिता क्षेत्रमा समय खर्चनेहरुका लागी समयले राम्रा अवसर प्रदान गर्नेछ । प्रेममा नजिक हुन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अरुकै लागि समय र श्रम खर्चनु पर्दा आफ्नो कामभने थाति रहनेछ । खर्च बढ्ने तथा कामहरु समयमा सम्पादन नहुदा आलोचना सहनु पर्ला । कमजोर पढाई लेखाईकै कारण नतिजा अरुकै पोल्टोमा पर्नेछ । तरपनि लामो दुरिको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरुका लागि समयले साथ दिनेछ । प्रणय सम्बन्धमा अविश्वास बढ्न सक्छ ध्यान दिनुहोला ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
भौतिक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन आम्दानिका स्रोहरु बढाउँन सकिनेछ भने व्यापारबाट भनेजस्तो नाँफा कमाउँन सकिनेछ । दाजुभाईको सहयोगले सवारि साधन प्राप्तीको योग रहेकोछ । मन परेको मानिसको साथ पाईनाले मन प्रशन्न हुनेछ । खोजीमुलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनमा भनेजस्तो सफलता हात पर्नेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
साहसी काम गरेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापारमा लगानी गर्ने व्यापारीहरुका लागी आजको दिन उत्तम रहकोछ । राजनीतिज्ञ तथा सामाजिक क्षेत्रमा काम गर्नेहरुका लागि समय राम्रो रहेकोले पद तथा मानसम्मान पाउने योग रहेकोछ । आज गरिने लगानिबाट पछि सम्म आम्दानि भईरहनेछ । अरुलाई दिएको बाचा पुरा गर्न सकिने हुदा मन प्रशन्न हुनेछ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
लामो दुरिको धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्राको तय गर्न सकिनेछ । सरकारि तथा प्रशासनिक काममा सम्मानजनक उपश्थिति रहनेछ । परिवारजनको सहयोगले नयाँ योजनाहरु बनाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा सकारात्मक नतिजा हात लाग्नेछ भने अध्यानमा प्रगति भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
खानपान तथा मौषमको ध्यान दिनहोला समय मध्ययम रहेकोछ । आफन्त तथा दिदिबहिनि सँग मनमुटाब सिर्जना हुनेछ । गोप्य फाईल बाहिर आउँने हुनाले ईज्जत प्रतिष्ठा जोगाउँन हम्मे हम्मे पर्नेछ । माया प्रेममा धोका तथा अबिश्वास हुनेछ । शिक्षा तथा पढाई लेखाईमा मन नजादा प्रतिष्पर्धिहरुभन्दा पछि परिनेछ । व्यापारको लागी बिहानीपखको समय राम्रो रहेकोछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पुराना कमिकमजोरिहरु सुधार्दै जीवन शैलिमा उल्लेख्य सुधार गर्न सकिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्न पाईने हुदा मन प्रशस्न हुनेछ । आर्थिक अवस्था सुधार गर्नको लागि गरिने क्रियाकलापहरुबाट मनग्ने धन आर्जन गर्न सकिनेछ । व्यापारकै शिलशिलामा लामो तथा व्यावसायिक यात्राको तय गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक मुद्दाहरु सहजै हल भएर जानेछन् । पुराना ऋण तथा रोगबाट मुक्ति पाउँने समय रहेकोछ । माया प्रेममा बिश्वास गर्दै नयाँ ठाउँको यात्रामा निश्कन सकिनेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । बिद्या तथा कुनैपनि प्रतिष्पर्धामा तपाईकै जित हुनेछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
घरायसि प्रयोजनका लागि भोगबिलासका सामानहरुको खरिद गर्ने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ । उपाहारका रुपमा बिलाशी बस्तु हातलागि हुनेछ । प्रेम सम्बन्ध सुदृड हुने तथा छुट्टिएका सम्बन्ध पुनह सुचारु हुने योग रहेकोछ । अध्ययनमा मन जाने तथा अध्ययनकै सवालमा लामो दुरिको यात्राको तय गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
समय तथा परिश्थितिको ख्याल नगरि अरुलाई बचन दिनाले समस्या निम्तनेछ । समाजमा राम्रा काम गर्न खोज्दा खोज्दै काम बिग्रनाले आलोचना सहनुु पर्नेछ । परपनि कृषि,पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरि लाभ लिन सकिनेछ । घरजग्गा तथा सवारि साधनको कारोबार गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
साधन स्रोतको प्रयोग मार्फत आफुलाई अपडेट गर्ने समय रहेकोछ । साहित्य रचना तथा लेखनमा रुचि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रिर्याकलापमा भाग लिनेहरुले भनजस्तो नतिजा हात पार्न सक्नेछन् । आर्थिक गतिबिधिहरु दोहोरो अंकमा बृद्धि हुनाले दैनिकी सहज हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । छोटो दुरिको रमाईलो यात्रा हुने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथिभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यावसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडिहरुका लागि समय उत्तम रहेकोछ । बोलिको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस