काठमाडौं– सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) को पार्टी एकताका बाँकी कामलाई टुंग्याउन सोमबार सचिवालय बैठक बस्ने भएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाँकी रहेका आयोगमा हुने नियुक्तीमा सहमति जुटेसँगै त्यसलाई टुंगो लगाउन सचिवालय बैठक बोलाइएको स्रोतले बतायो ।
गत भदौ पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको विवाद र अन्य व्यस्तताका कारण हुन सकेको थिएन । पार्टी एकताको बाँकी काम पूरा गर्न अध्यक्षद्वयबीच आइतबार दिउँसो बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा आयोगहरुको नेतृत्व टुंगो लागेको स्रोतको भनाइ छ ।
नेकपामा निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्च, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन हुन सकेको छैन । अन्य पार्टीका विभागमा पनि सदस्य चयन हुन बाँकी छन् ।
पार्टी एकताका बाँकी रहेका काम सोमबार (भोलि) बस्ने सचिवालय बैठकले टुंगो लगाउने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सोमबार बिहान ९ बजे बस्ने सचिवालय बैठकमा सरकार र पार्टीको कामका विषयमा समेत समीक्षा हुने बताइएको छ । बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफ्नो सचिवालय र सल्लाहकार समूहको विषयमा लिइएको पछिल्लो निर्णयबारे पनि जानकारी गराउने स्रोतले बतायो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस