काठमाडौं – तपाईँको मोबाइलमा डाटा स्पिडको समस्या छ र यो समस्यालाई कसरी समाधान गर्ने चाहनुहुन्छ भने केही तरिका अपनाउन सक्नुहुन्छ । गुगल प्ले स्टोरमा एउटा यस्तो एप छ, जसको माध्यमबाट इन्टरनेटको स्पिड १० गुणा ज्यादा बढ्ने छ । यस एपको नाम पफिन वेब ब्राउजर हो ।
१. यसको लागि तपाईं पहिला प्ले स्टोरमा जानुहोस् ।
२. प्ले स्टोरमा गएर पफिन वेब ब्राउजर खोज्नुहोस् । यहाँबाट यसलाई डाउनलोड गरी इन्स्टल गर्नुहोस् ।
३. यो करिब १४ एमबीको एप हो । इन्टरनेटमार्फत यसलाई खोल्नुस् ।
४. अब ३ पटकसम्म नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ । यसपछि तपाईंले कुनै पनि वेबपेज वा एड्रेस खोल्न सक्नुहुनेछ । यो पहिलेको भन्दा धेरै स्पिडमा खुल्नेछ । यसरी प्रयोगकर्ताको इन्टरनेट स्पिड बढाउन सक्ने छन् ।
५. याद राख्नुहोस् कि यसबाट मात्र ब्राउजर चल्ने छ । यसबाट डाउनलोड भने गर्न सकिने छैन ।
पफिन वेब ब्राउजरबाहेक अरु पनि यस्ता धेरै एप छन् जो टुजी इन्टरनेटमा पनि स्पिड गर्न सहयोग गर्छन् । तीमध्ये केही बोल्ट, फास्ट, फास्टेस्ट मोबाइल ब्राउजर, इन्टरनेट ब्राउजर आदि छन् । यीमध्ये कयौँ ब्राउजरको एप पाइँदैन । यसलाई प्रयोग गर्न प्रयोगकर्ताले यसको युआरएल फाइल डाउनलोड गर्नुपर्ने हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस