केरा
केरामा पोटासियम र कार्बोहाइड्रेट प्रचुर मात्रामा पाइन्छन् । केरा खानाले शरीरमा सेरोटोनिन नाम गरेको न्युरोट्रान्समिटर बढी उत्सर्जन हुन्छ, जसले तनाव कम गरी मानिसलाई शान्त राख्न मद्दत गर्छ । तनाव छ भने केरा खाने गर्नुस् ।
स्याउ
स्याउमा फस्फोरस र आइरन प्रशस्त मात्रामा पाइन्छन्, जसले तनाव कम गर्न मद्दत गर्छन् । तनाव उत्पन्न भएको बेला खुम्चिएका कोषिकालाई यसले पूर्वअवस्थामा ल्याउन मद्दत गर्छ, जसले गर्दा तनावको असर कम हुँदै जान्छ । खासगरी तनावपूर्ण अवस्थाबाट गुज्रिएको बेला प्रतिदिन एउटा स्याउ खानु उपयुक्त हुन्छ ।
अमला
तनावका असर कम गर्न उपयोगी अर्को फल हो, अमला । अमलामा भिटामिन सी पाइन्छ, जसले तनाव उत्पन्न भएका कारण रगतमा आएको रासायनिक परिर्वतनलाई पूर्ववत अवस्थामा पु¥याउन मद्दत गर्छ । त्यही भएर तनावपूर्ण दिनहरूमा प्रतिदिन दुइटा अमला खाने गर्नु राम्रो हुन्छ।
जौ
जौमा घुलनशील फाइबरको मात्रा उच्च हुन्छ, जसले तनावका कारण कोलेस्टरोलको मात्रामा हुनसक्ने वृद्धि र मुटुसम्बन्धी रोगलाई रोक्न मद्दत गर्छ । तनावपूर्ण दिनमा जौको पिठोबाट बनेका खानेकुरा खानु राम्रो हुन्छ ।
कुरिलो
तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ ।
ब्रोकाउली
ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थामा खानासँग ब्रोकाउली खानु उपयुक्त हुन्छ ।
दूध
दूधमा ट्राइप्टोफान नामक तत्व हुन्छ, जुन खाएपछि दिमागलाई फ्रेस र कुल बनाउने सेरोटोनिन नामक तत्वमा परिवर्तन हुन्छ । साथै, दूधमा पाइने क्याल्सियम, म्याग्नेसियम र पोटासियमले तनावको घडीमा रक्तचाप बढ्नबाट पनि जोगाउँछ ।
चिसो पानी
तनाव उत्पन्न भएको बेला चिसो पानी पिउनु पनि लाभदायक हुन्छ । चिसो पानी पिएर खुला ठाउँमा डुल्न गयो भने रगतमा इन्डोर्फिन नामक तत्व उत्सर्जन हुन्छ, जसले दिमागलाई तनावमुक्त गराउँछ ।
काजु
काजुलाई ऊर्जाको राम्रो स्रोत मानिन्छ । केही काम नगर्दा पनि थकान महसुस हुन्छ अथवा काम गर्ने मुड बन्दैन भने काजु खानाले तपाईंको शरीरमा ऊर्जा थपिनगई फुर्ती आउँछ । काजुमा एकप्रकारको तेल पाइन्छ, जसमा भिटामिन–बी प्रचुर मात्रामा हुन्छ । यसले दिमाग तेजिलो बनाउँछ ।
तुलसी
तुलसी प्राचीन कालदेखि नै तनाव मेटाउने औषधिको रुपमा प्रयोग हँुदै आएको छ । यसले दिमाग शान्त बनाउछ । दिमागको कमजोरीबाट मुक्त गर्छ र मुडलाई आनन्द प्रदान गर्छ । एक गिलास पानीमा २ देखि ३ एमएल तुलसीको थोपा मिसाएर पिउँदा तनाव व्यवस्थापनमा धेरै सहयोग गर्छ । तुलसीलाई चियाको रुपमा वा पत्ता पनि खान सकिन्छ । दैनिक ८ देखि १० वटा तुलसीको पात चपाउँदा तनाव न्यून हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस