सोल-एशिया प्रशान्त क्षेत्रका समाचार समितिहरु संस्था (ओना)को साधारणसभा गणतन्त्र कोरियामा शुरु भएको छ । नेपालको एकमात्र समाचार समिति रासस ओनाको सदस्यको हैसियतले सो साधारणसभामा सहभागी छ ।
साधारणसभाको दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले साधारणसभामा सहभागी हुन पुगेका समाचार समितिका प्रतिनिधिलाई स्वागत गर्दै कोरियाली शान्ति प्रक्रियामा निरन्तर ध्यान दिन र समर्थन गर्न आग्रह गरे ।
राष्ट्रपतिको कार्यालय छङ्गवादे आयोजित बैठकमा उहाँले कोरियाली प्रायःद्वीपको शान्ति शान्तिकामी समुदायको सहसमृद्धिको प्रस्थान विन्दु भएको बताए । नेपालको समाचार समिति राष्ट्रिय समाचार समिति (रासस) सहित एशिया प्रशान्त क्षेत्रका ३२ देशका समाचार समिति साधारणसभामा सहभागी छन् ।
ओनाका अध्यक्ष अस्लान अस्लानोभले ‘पत्रकारिताका नयाँ चुनौतीहरु – प्राविधिक प्रवत्र्तन र विश्वासका विषयहरु’ विषयमा आयोजित साधारणसभा दक्षिण कोरिया जस्तो सूचना प्रविधिको शक्ति राष्ट्रमा हुनु उपयुक्त छनोट भएको बताए ।
सभाले कोरियाली प्रायः द्वीपको स्थायी शान्तिमा सक्रिय समर्थन गर्ने प्रतिबद्धताका साथ सिउल घोषणापत्र २०१९ जारी गर्नेछ । सन् १९६१ मा क्षेत्रीय समाचारको आदानप्रदान प्रवद्र्धन गर्न युनेस्कोको पहलमा स्थापित ओनाको साधारणसभा हरेक तीनतीन वर्षमा हुने गरेको छ ।
ओनामा एशिया प्रशान्त क्षेत्रका ३५ राष्ट्रका ४३ समाचार समिति आबद्ध छन् । राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ सभामा सहभागी छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस