वि.सं.२०७६ साल कात्तिक २१ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर ०७ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि दशमी,०९ घडी ३७ पला,बिहान १० बजेर १० मिनेट उप्रान्त एकादशी । नक्षत्र शतभिषा,१० घडी ३३ पला,बिहान १० बजेर ३२ मिनेट उप्रान्त पूर्वाभाद्रपदा । योग ध्रुव,११ घडी २० पला,बिहान १० बजेर ५१ मिनेट उप्रान्त व्याघात । करण गर,बिहान १० बजेर १० मिनेट उप्रान्त वणिज,बेलुकी ११ बजेर ११ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा वज्र योग । चन्द्रराशि कुम्भ । काठमाडौंमा सूर्योदय ०६ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १४ मिनेट । दिनमान २७ घडी १८ पला । पञ्चक। वलम्बु महालक्ष्मी यात्रा। धादिङको फूलखर्कमा गंगा(जमुना मेला।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अरुको भर पर्दा महत्वपुर्ण उपलब्धिहरु गुम्न सक्छ ध्यान दिनुहोला । धन तथा स्थाई सम्पतिको परिचालन गर्दा ध्यान दिनुहोला । अरुलाई दिईएका रकमहरु समयमा फिर्ता नहुनाले आफ्नो काम थाति रहनेछ । सहयोग गर्नेहरु टाडिनेछन् भने दाजुभाई तथा अग्रजहरु सँग मनमुटाब बढ्ने योग रहेकोछ । खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढि मेहनेत गरेमात्र नतिजा आफैतिर ल्याउँन सकिनेछ ।
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अवसरहरुलाई सदुयोग गरि मनग्गे लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा रुचि बढ्ने तथा समयमा काम गर्न सकिने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा उत्पादनमुलक क्षेत्रमा लगानि गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निको सहयोग राम्रा काम गर्न सकिनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
बौद्धिक,प्राज्ञिक तथा सिर्जनात्मक कामबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । धर्म तथा अध्यात्म क्षेत्रमा बिशेष रुचि बढ्नेछ । दार्शनिक बिषयवस्तुमा मन जाने हुनाले फराकिलो ज्ञान आर्जन गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त आम्दानि हुनेछ । दाम्पत्य सुख,प्रेमसम्बन्ध तथा पारिवारिक सम्बन्ध सुमधुर हुनेछ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
ठुला तथा महत्वकाक्षी योजनाहरुका लगानि गर्नको लागि केहि समय कुर्नुहोला समय मध्ययम रहेकोछ । स्वास्थ्यका लागि योग तथा साधनमा ध्यान दिनुनै उत्तम रहनेछ । पढाई लेखाईमा मन नजादा नतिजा तथा पुरस्कार अरुकै हातमा जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय मध्ययम रहेकोछ । सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आर्थिक कारोबार बिग्रनाले दैनिकी प्रभावित हुनेछ । व्यावसायिक यात्रा भएपनि गन्तव्य पहिल्याउँन मुस्किल पर्नेछ । अध्ययनमा मन नजादा अरुभन्दा पछि परिनेछ । भौतिक तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । व्यापारमा साझेदारहरु बिच मनमुटाब बढ्ने हुनाले सम्यम भएर प्रस्तुत हुनुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
सामाजिक नेतृत्व हात लागी हुने ग्रहयोग रहेकोछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ । प्रयन्न गर्दा लामो समय देखि रोकिएर बसेका कामहरु सुचारु हुनेछन् । आफन्त तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिद्या तथा प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)
पढाई लेखाईमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने अन्य व्यावसायमा नाफा कमाउँन सकिनेछ । वौद्धिक व्याक्तित्वहरु सामु तपाईले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
आफन्त तथा आफ्नो भन्नेहरुले तपाईको काममा बाधा तथा अवरोध गर्नेछन् । घरेलु समस्याले सताउँने तथा आमाको स्वास्थ्यमा खरावि आउँन सक्छ । पढाई लेखाई सुस्त गतिमा अगाडि बढ्नेछ । कृषि,सहकारि तथा पशु चौपायाको व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाव सिर्जना हुँनेछ । राजनितिकर्मिका लागि समय अन्यदिन भन्दा मध्ययम रहेकोछ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
रमाईलो यात्रा गर्न सकिने तथा यात्राका क्रममा धेरै कुराहरुका जानकारि लिन सकिनेछ । माया प्रेममा नजिक हुने तथा योग्य बरबधुको लगन गाठो कसिनको लागि घरपरिवारबाट सहमति जुर्नेछ । लेखन कला तथा साहित्यको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । दाजुभाई तथा छिमेकीको सहयोगले राम्रा तथा उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
आफन्त तथा कुटुम्ब सँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तको सहयोगले हरेक क्षेत्रमा प्रगति गर्न सकिनेछ । रमाईलो जमघटमा सामेल भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा भैपरि आउने समस्याहरु सहजै समाधान हुनेछ । वन्द व्यापारमा लगानि गरि आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । पहिले लगानि गरेका रकमहरु उठ्ने हुनाले मन प्रशन्न हुनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बिलाशी बस्तु तथा भौतिक सम्पति प्राप्त भएपनि प्रयोग गर्दा ध्यान दिनुहोला । पढाई लेखाईमा राम्रै प्रगति गर्न सकिनेछ । व्यापारी तथा व्यापारमा समय लगानि गर्नेहरुले मनग्गे धन आर्जन गर्नै र नया व्यावासायमा लगानि गर्ने अवसर सिर्जन गर्न सक्नेछन् । राजनीति तथा सामाजिक काममा समय खर्चनेहरुले जनताको आलोचनात्मक समर्थन पाउनेछन् ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समय मध्ययम रहेकोले व्यापारमा मन्दि आउने तथा लगानि नउठ्नाले दैनिकी प्रभावित हुनेछ । काम गर्दा नियम संगत गर्नुहोला जरिवाना तथा दण्ड तिर्नुपर्ने हुनसक्छ । राम्रोहुने आषामा धेरै बस्तु त्याग्नु पर्ने बाध्यता आउँनेछ । तरपनि लामो दुरिको विदेश यात्राको गतिलो योग रहेकोछभने विदेशि भुमिमा बसेर काम गर्नेहरुका लागि समय फलदायि रहनेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस