सोल – किरात राई यायोक्खा दक्षिण कोरियाले यही जनवरी २७ र २८ तारिख कोरियामा आयोजना गर्न लागेको सांगीतिक कार्यक्रमको लागि नेपालबाट निमन्त्रणा गरिएको चार कलाकारलाई नेपालस्थित कोरियाली अध्यगमनले भिसा दिएन ।
गायिका कला राई, मिना राई, गायक राजेश पुमा राई र भीम लिम्बूलाई अध्यगमनले भिस नदिएको आयोजक किरायाले बिहीबार विज्ञप्ति जारी गरी जनाएको छ । कार्यक्रमको अघिल्लो दिनसम्म प्रयास गर्दा पनि अध्यगमनले भिसा नदिएको किरायाको अध्यक्ष बालकृष्ण बान्तवाले बताए । विगतमा कोरियामा सांगीतिक कार्यक्रम गरेका आयोजकहरुले आफन्तहरुलाई नक्क्ली कलाकार बनाई कोरिया भित्र्याएर अवैधानिकरुपमा राखेको कारण यसपाली शंकाको घेरामा राखी पहिला कोरिया प्रवेश नगरेका नवकलाकारहरुलाई भिसा नदिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सोही कार्यक्रमको लागि छनोटमा परेका कलाकारहरु गायक राजेश पायल राई, गायिका कोमल ओली, मिलन अमात्य, प्रिती आले मगर, डान्सर रञ्जिता लिम्बू र हाँस्य कलाकार राजा राजेश्वर पोखरेल भने बुधबार नै कोरिया आइपुगेका छन् । पूर्वप्रचार प्रसार अनुसार कलाकार उपस्थित हुन नसकेकोमा दर्शकलाई आयोजकले क्षमा मागेको छ ।
कोरियाली नयाँ वर्ष सलनालको बिदाको अवसरमा कोरियाका मुख्य दुई शहर सो र बुसानमा कार्यक्रम गरिने तय भएको छ । आपत विपतमा परेकालाई खान बस्न उपलब्ध गराउने सेल्टर स्थापनार्थ सुम्निमा सांगीतिक सौगात नामकरण गरी सोलमा कार्यक्रम गर्न लागिएको हो ।
कान्तिपुरबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस