काठमाडौं – सेक्स जुन संसारको सबैभन्दा चर्चित शब्द छ, त्यसमा संसारका ९९ प्रतिशत मानिस जिज्ञासु हुन्छन् । यसबारे थुप्रै बिचार, धारणा यस्ता हुन्छन् जुन विज्ञान र अनुसन्धानमा गलत साबित भएका छन् । तर यो सोचाई मानिसको दिमागमा अड्किएर बसेको छ ।
सेक्ससँग सम्बन्धित यस्ता केही मनगढन्ते कुरा र त्यसका बास्तविकताका बारेमा हामी तपाईंलाई जानकारी दिँदैछौं ।
१-समलैङ्गिकताको कुनै विशेष जीन हुँदैन
संसारभरी तेस्रोलिङ्गी मानिसको उपस्थिती बाक्लो छ । तर अनेकन कोसिसका बिपरित बैज्ञानिक यसको जेनेटिक्सको कुनै पत्ता लगाउन सकिरहेका छैनन् । अर्थात्, मानिसमा समलैङ्गिकताको भाव पैदा गर्ने कुनै विशेष जीन हुन्छ, यसमा वैज्ञानिकको समर्थन छैन ।
अहिलेसम्म बटेलेका अनुभव अनुसार हाम्रो माहौल र हाम्रो इच्छा, आकांक्षाले हामीमाथि असर पुर्याउँछ । केही मानिसहरुमाथि यस्तो असर पर्छ कि उनीहरुभित्र समलैङ्गिकताको इच्छा पैदा हुने गर्दछ । यसको जानकारी उनीहरुको डिएनएबाट पत्ता लगाउन सकिन्न ।
२-टेस्टोस्टेरोनबाट महिलाहरु कामोत्तेजित हुने गर्दछन्
पुरुषको हर्मोन टेस्टोस्टेरोनबाछ महिलामा यौनसम्बन्धको इच्छा हुन्छ भन्ने कुराको केही प्रमाण छैन । धेरैजसो महिला आफूलाई यौनसम्बन्धको इच्छा नभएको बताउने गर्दछन् । यस्ता महिलालाई डाक्टरहरुले टेस्टोस्टेरोनको सुई लिने सल्लाह लेखिदिन्छन् ।
तर, अहिलेसम्मका सबै अनुसन्धानबाट यो कुरा स्पष्ट भइसकेको छ कि महिलाहरुलाई सेक्सको चाहना टेस्टोस्टेरोनसँग त पटक्कै जोडिएको छैन । यद्यपी, यसको वास्तविक कारणको अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन ।
३-बच्चाहरु आफ्नो लिङ्गको विषयमा भ्रममा पर्दछन्
हाम्रो जीवनको सुरुवातमा आफ्नो लिङ्गको महसुस अलि कम हुने गर्दछ । धेरैजसो बच्चाले आफू छोरा हो कि छोरी भन्ने प्रश्न सोध्ने गर्दछन् । तर जतिजति उमेर बढ्छ, उनीहरुलाई आफू को हुँ भन्ने थाहा हुन्छ । यीमध्ये १० प्रतिशत यस्ता पनि हुन्छन् जो पछि गएर समलिङ्गी हुने गर्दछन् ।
यस्ता बच्चामाथि हामीले धेरै ध्यान दिन आवश्यक हुन्छ किनभने किशोर अवस्थामा यस्तो पहिचान हुँदा उनीहरुलाई डिप्रेसनतर्फ धकेल्ने गर्दछ । धेरै पटक त बच्चाहरु यी सबै कुरासँग डराएर आत्महत्या पनि गर्ने गर्दछन् ।
४-लिंगको पहिचानको संकट पुरानो हो
हाम्रो पुस्ताले मात्र महिला र पुरुषमाथि तोकिएको बन्देजबाट बाहिर आउने कोसिस गरेको होइन । दुई लिंगको यो विभाजनलाई चुनौती पहिले पनि दिइसकेको छ । १९ सौं शताब्दिमा फ्रेन्च कलाकार क्लाड काहुनले पनि यसलाई चुनौती दिएका थिए । उनी लूसीको रुपमा जन्मिएका थिए तर पछि उनले आफ्नो नाम परिवतर्न गरेर क्लाड राखे ।
फ्रान्समा यो नाम महिलाको पनि हुनसक्छ र पुरुषको पनि । आफ्नो लिंगको बारेमा क्लाड भन्ने गर्दथे कि उनी कहिले महिला हुन् त कहिले पुरुष । उनी आफ्नो भूमिका परिवर्तन भइरहने र आफू के हुने भन्नेमा परिस्थितीको मुख्य भूमिका रहने उनी बताउने गर्दथे ।
५- धेरैजसो जीवमा दुईभन्दा बढि लिंग हुने गर्दछ
हामी धेरैजसो मान्ने गर्दछौं कि धेरैजसो जनवारमा भाले पोथी हुन्छ । भालेले एक भिन्न प्रकारको व्यवहार देखाउने गर्दछ भने पोथीले भिन्न प्रकारको ।
त्यस्तै मानिसहरुमा पनि कोही मानिस समलिङ्गी हुन्छन् कोही द्वीलिङ्गी । यस्तै प्रकार जनावरमा पनि विभिन्न जात हुने गर्दछ जहाँ भाले र पोथीका साथै भिन्न लिंग भएका जनावर पनि पाइने गरिन्छ ।
भाले ब्लूगिल सनफिशमा पनि तीन किसिमको पाइन्छ । जब उनीहरु विपरित लिङ्गीलाई आकर्षित गर्न कोसिस गरिरहेका हुन्छन् तब त्यतिबेला उनीहरु कोही भाले साथीसँग पनि सम्बन्ध स्थापित गर्न लागिपरेका हुन्छन् ।
६-महिला र पुरुष बाहेक अन्य शब्द चयन
वर्षौंदेखि अंग्रेजीमा यस्तो शब्दको खोजी भइरहेको छ जसले महिला पुरुष दुबैलाई सम्बोध गरोस् । यो वर्ष अमेरिकन डायलेक्ट सोसाइटीले यसका लागि ‘They’ चयन गरेका छन् । हुन त ‘They’ बहुबचनका लागि प्रयोग गरिँदै आएको छ । तर अब यसलाई कुनै पनि व्यक्तिका लागि प्रयोग गर्न पनि कसैलाई समस्या हुनु हुँदैन ।
आखिर यो एउटा यस्तो शब्द हो जसले ‘महिला’ र ‘पुरुष’ लाई इंगित गर्दैन ।
७-हामीलाई यौनसम्बन्धको आवश्यकता महसुस हुँदैन
संसारमा यस्ता धेरै मानिसहरु सार्वजनिक भएका छन् जसले आफूलाई यौनसम्बन्धको आवश्यक नपर्ने बताउने गर्दछन् । समलैङ्गिकताले कानूनी मान्यता पाएपछि यस्तो भन्ने व्यक्तिको संख्या तीब्र रुपमा बढिरहेको छ । अमेरिकामा यस्ता मानिसहरुको संगठन, असेक्सुअल भिजिबिलिटी एण्ड एजेकेशन नेटवर्कको सन् २००३ मा मात्र ३ सय ९१ सदस्य थिए । अहिले यसको संख्या ८० हजार पुगेको छ ।
आजको संसारमा जहाँ हरेक कुरा सेक्सको चास्नीमा डुबाएर प्रस्तुत गरिन्छ त्यहाँका मानिसहरु बताइरहेका छन् कि ‘सुखी र स्वस्थ जीवनका लागि सेक्स त्यति पनि आवश्यक छैन ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस