काठमाडौं -प्रधानमन्त्री ओलीको तेश्रो डायलाइसिस आइतबार (आज) या सोमबार हुने भएको नयाँ पत्रिकाले समाचार छापेको छ |
एकपटकको डायलाइसिसले दुईदेखि तीन दिनसम्म काम गर्छ । बिहीबार उनको डायलाइसिस भएको थियो । अब आइतबार या सोमबार पुनः ग्रान्डी जाने तयारीमा रहेको स्रोतले जनायो ।
समाचार अनुसार परीक्षणका रूपमा बिहीबार गरिएको डायलाइसिसपछि पनि प्रधानमन्त्री केपी ओलीको शरीरमा क्रियाटिनिनको मात्रा अपेक्षा गरेअनुसार नघटेको चिकित्सकले बताएका छन् ।
स्रोतका अनुसार उपचारका लागि ग्रान्डी पुग्दा प्रधानमन्त्रीको क्रियाटिनिन ५ एमजी÷डिसिलिटर पुगेको थियो ।
क्रियाटिनिनको मात्रा ह्वात्तै बढेपछि तत्काल डायलाइसिस गरेर रगत शुद्धीकरण गरिएको थियो । तर, अहिले पनि ४ एमजी÷डिसिलिटर हाराहारीमा छ । चिकित्सकका अनुसार प्रधानमन्त्रीको उमेर र तौलका व्यक्तिको क्रियाटिनिन सामान्यतया ०.६ देखि १.३ एमजी÷डिसिलिटरसम्म हुनुपर्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस