काठमाडौँ-नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ |
महान्यायाधिबक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा माघ १४, १५ र १६ गते काठमाडौंमा प्रथम सम्मेलन हुन लागेको बुधबार नेपाल पुलिस क्लव भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो |
तीन दिने सम्मेलनले अपराध नियन्त्रण तथा कानूनी शासन स्थापना गर्न थप सजिलो हुने महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले पत्रकार सम्मेलनमा बताएका थिए | सो अवसरमा पत्रकारहरुको जिज्ञासा निरुपण गदै महान्यायाधिबक्ता श्रेष्ठले प्रहरी र सरकारी वकिलबीच एउटै धारणा, आपसमा समन्वयकारी भूमिका र सहकार्य गर्नु आवश्यक भएको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सम्मेलनको अवधारणा र उद्धेश्यबारे प्रकाश पार्दै फौजदारी मुद्धाका अनुसन्धान अधिकृत प्रहरी र अभियोजनकर्ता सरकारी बकिलहरु लामो समयदेखि काम गर्दै आएको सन्दर्भमा आइपर्ने असमझदारी, अन्योल, समस्या र अप्ठेराहरुलाई सम्मेलनले व्यापक छलफल गरी मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरे ।
‘प्रभावकारी अनुसन्धान र अभियोजन, सुदृढ फौजदारी न्याय प्रशासन’ नारा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १४ गते राष्ट्रिय सभागृह भृकुटीमण्डपमा उदघाटन गर्ने कार्यक्रम रहेको छ |
उक्त सम्मेलनमा सरकारबादी फौजदारी मुद्धाको अनुसन्धानकर्ता नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु, अभियोजनकर्ता सरकारी वकिलहरु, विधिविज्ञान विज्ञ समेतका सरोकारवाला निकायका प्रतिनिधिहरु तथा महान्यायाधिबक्ताको कार्यालय र प्रहरी प्रधान कार्यालयबाट तोकिएका करीव ५ सय ३५ जनाको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस