ब्रासिलिया-ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको एउटा मुख्य अखबारको ग्राहक नबन्ने घोषणा गरेका छन् ।
राष्ट्रपति बोल्सोनारोले देशका प्रमुख सञ्चार माध्यमले आफ्ना नीतिमाथि निरन्तर आलोचना गरेको भन्दै निरन्तर आक्रोश व्यक्त गरिरहेका छन ।
राष्ट्रपति बोल्सोनारोले फेसबुकबाट प्रत्यक्ष प्रसारित साप्ताहिक सम्बोधनका क्रममा भने , ‘आज मैले मेरो कार्यकारी शक्तिको प्रयोग गरी फोल्हा अखबारको ग्राहक रद्द गरेको छु । फोल्हा पत्रिका पढ्न चाहनेले ब्रासिलियाका बस स्टेसनमा रोकिएर किन्न सक्नेछन् ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता अमेरिकाका दुई वटा ठूला अखबारहरु दि न्यूयोर्क टाइम्स र वासिङ्टन पोस्टको ग्राहक नबन्ने घोषणा गरेका थिए । ब्राजिली राष्ट्रपति बोल्सोनारो पनि अमेरिकी राष्ट्रपति ट्रम्पकै शैली पछ्याउन मन पराउछन ।
ब्राजिली राष्ट्रपतिले फोल्हा, टिभी ग्लोबो र भेजा म्यागाजिन समेतका ब्राजिली सञ्चार माध्यममाथि राष्ट्रपति चुनावी अभियानदेखि गत जनवरीमा राष्ट्रपतिको सपथ लिएयता निरन्तर आलोचना गरिरहेका छन ।
‘हामीले यस्ता अखबारका लागि बढी पैसा खर्च गर्नु आवश्यक छैन । फोल्हामा जसले विज्ञापन गरिरहेको छ सचेत रहनू,’ बोल्सोनारोले चेतावनी पनि दिएका छन ।
फोल्हाले एक विज्ञप्ति प्रकाशन गरी बोल्सोनारोको विभेदकारी कदमप्रति खेद व्यक्त गरेको छ । फोल्हाले सरकारका कामकारवाहीमाथि निरन्तर निगरानी राख्ने र गैर-पक्षधर पत्रकारितालाई निरन्तरता दिने जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस