काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला हिंसा रोक्न एकल प्रयासले सम्भव नहुने बताएका छन् ।
मुलुकको पुनःसंरचनासँगै सङ्घ, प्रदेश र स्थानीय तहको क्षेत्राधिकार फरकफरक रहेकाले तीनै तहको सरकारसँगै स्थानीय समुदायको समेत सहभागितामा हिंसा न्यूनीकरण गर्न सकिने उहाँले उल्लेख गरेका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरीय प्रहरी परिसर, लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल र संरक्षक समूह नेपालद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा नियन्त्रणमा सरोकारवालाको भूमिका’ विषयक अन्तक्र्रियामा मन्त्री थापाले मुलुकमा हिंसाका रुप कस्तो छ र कुन ठाउँमा कस्ता खालका घटना भइरहेका छन् भन्ने विषयमा सरकारले अध्ययन गर्न आवश्यक तयारी गरेकोसमेत जानकारी दिए ।
“ठोस योजना बनाएर अघि बढ्नसके हिंसाविरुद्ध महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ, फरकफरक क्षेत्राधिकार भएकाले तीनै तहको सरकारको उत्तिकै भूमिका हुन्छ, कानूनभन्दा पनि ठूलो कुरा भनेको सोच र चिन्तन हो, आफैँ रुपान्तरण हुनुु आवश्यक छ”, उनले भने ।
यो वर्ष सरकारले महिला हिंसाविरुद्धको अभियान शुरु गरेको जानकारी दिँदै मन्त्री थापाले विसं २०६३ जेठ १६ गते संसद्द्वारा महिला अधिकारको विषयमा महत्वपूर्ण प्रस्ताव पारित गरेकोे सम्झनामा यो वर्षदेखि दिवस मनाउने तयारी गरिएको उल्लेख गरेका छन् ।
पुनःस्थापित संसद्ले तत्कालीन जेठ ४ गते विभिन्न प्रस्ताव ल्याएकामा महिला अधिकारको विषयलाई सम्बोधन गरिएको र जेठ १२ गते अर्काे प्रस्ताव पेश भएको र त्यसमा ३३ प्रतिशत महिला सहभागिता हुनपर्ने, लैङ्गिक हिंसा अन्त्य हुनुपर्ने, विभेद खारेज गर्नुपर्ने र आमाको नामबाट नागरिकता पाउनुपर्ने विषय समावेश थियो । उक्त प्रस्ताव जेठ १६ गते पारित भएको जानकारी दिँदै उनले त्यही उपलब्धि भएको दिनको सम्झनामा यो दिवस मनाउन लागिएको बताए ।
मन्त्री थापाले हिंसा नियन्त्रणका लागि यही कात्तिक १७ देखि सातै प्रदेशमा छलफल कार्यक्रम शुरु गर्न लागिएको र मङ्सिर ९ गतेसम्म उक्त कार्यक्रम सञ्चालन हुने जानकारी दिएका छन् । रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक शैलेश थापा क्षेत्रीले यौन शिक्षा घरबाटै सिकाउन सकियो भने हिंसा न्यूनीकरणमा महत्वपूर्ण उपलब्धि हासिल हुने उल्लेख गरे ।
उनले हिंसाका घटना झण्डै ३१ प्रतिशतले वृद्धि भइरहेको जानकारी दिँदै यस्ता आपराधिक घटना न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम शुरु गरिएको बताएका छन् । उक्त कार्यक्रम शुरु भएको एक वर्षमा झण्डै छ लाखलाई प्रशिक्षण दिइसकिएको प्रमुख प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस