काठमाडौं-जबर्जस्ती करणी उद्योग अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध साढे सात वर्ष कैद सजाय माग दाबीसहित मुद्दा दायर भएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ ।
समाचार अनुसार महरा पक्राउ परेको २६औँ दिनमा जिल्ला सरकारी वकिलको कार्यालयले बिहीबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो ।
संघीय संसद्कै कर्मचारीमाथि गत १२ असोजमा बलात्कार प्रयास गरेको पर्याप्त प्रमाणहरू भेटिएकाले अधिकतम सजायको मागदाबी लिइएको छ । १८ वर्षभन्दा माथिको महिलामाथि बलात्कार प्रयास गरेमा साढे तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने प्रावधान मुलुकी अपराध संहितामा छ ।
सरकारी उच्च ओहोदाको व्यक्तिको हकमा त्यसमा ५० प्रतिशत सजाय थप हुने भएकाले महराविरुद्ध साढे सात वर्ष कैद तथा पीडितलाई क्षतिपूर्तिको समेत माग गरिएको छ ।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा महराविरुद्ध अधिकतम सजाय दाबी गरी मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता चन्द्रकान्त खनालले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस