पाँचथर- ४५ वर्षीया महिलालाई बलत्कार घटनाका आरोपित फिदिम नपा–१४ का ४५ वर्षीय धनसिङ् फागोसहित तीन जनाविरूद्ध विहीवार जिल्ला अदालत पाँचथरले कसुर ठहर हुने फैसला गरेको छ ।
कसुर ठहर हुनेमा फरार रहेका सोही ठाउँका ३२ वर्षीय मिलन फागो र २९ वर्षीय सोमकुमार फागो रहेका छन् ।
जिल्ला अदालत पाँचथरका न्यायाधीश मोहनराज भट्टराईको इजलासले कसुर ठहर हुने फैसला गरेको अदातल स्रोतले जनाएको छ ।
मुलुकी अपराध संहिता ऐन २०७४ लागू भएपछि तीन वर्षभन्दा बढी कैद हुने मुद्दामा सजाय निर्धारणका लागि पुनः पेश गर्नु पर्ने व्यवस्था अनुसार मुद्दा पुनः पेश गर्न समेत फैसला गरिएको अदालतका सूचना अधिकारी याम चौहानले बताए ।
आरोपित फागो जेठ २३ गतेदेखि पूर्पक्षका लागि जिल्ला कारागारमा रहेका थिए । पीडितलाई आरोपितहरूले वैशाख २८ गते बलात्कार गरेको भन्दै उनीहरू विरूद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको थियो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा वैशाख १० गते गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस