भक्तपुर- उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको भावनालाई कुल्चेर नभई उनीहरुको भावनालाई बुझेर अगाडि बढ्ने बताएका छन् ।
नेपाल संवत् ११४० को अवसरमा आज मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा उनले सरकारले गरेका सकारात्मक कामलाई भ्रम फैलाउनेहरु सक्रिय रहेको बताएका हुन् ।
उपप्रधानमन्त्री पोखरेलले भने, “सरकारले गरेको राम्रा कामलाई जस्ताको तस्तै जनताको माझ पुग्नुपर्छ, तर सरकारको विरोधका नाममा जनतालाई भ्रम फैलाएर विरोधीले विरोधको आगो सल्काउने कार्य गरिरहेका छन् र जनताले यसलाई बुझ्नुपर्छ ।”
सरकारले ल्याएको गुठी विधेयकको प्रसङ्ग कोट्याउदै उनले धर्म, परम्परा र संस्कृतिलाई जोगाउने गरी नै सरकारले गुठी विधेयक ल्याएको बताए । उपप्रधानमन्त्री पोखरेलले भने– “सरकार संस्कृति र साँस्कृतिक जोगाउन दृढतापूर्वक सरकार उभिन्छ, तर गुठीका नाममा तराईलगायत विभिन्न ठाउँमा सामन्ती, शोषण, उत्पीडिनका धेरै उदाहरण छन्, वर्षौदेखि सामन्तीले जनतालाई जोताहा बनाएका छन्, मालिक बनाएका छन्, सरकारले ल्याएको गुठी विधेयक त्यस्ता सामन्तीका विरुद्ध हुन्, जनताको पक्षमा हुन, कला, संस्कृति र साँस्कृतिक पक्षमा हो, सरोकारवालासँग यस बारेमा पुनः छलफल गरेर सरकार अगाडि बढ्छ ।”
उनले नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग नेपालको पहिचान गराउने र ऐतिहासिक प्रसङ्ग भएकाले यसको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग वैज्ञानिकरुपमा पनि स्थापित गराउने प्रसङ्ग भएको चर्चा गर्दै उनले नेपाल संवत्सँग कही न कही गाँसिएर विक्रम प्रसङ्ग चल्ने भएकाले यसलाई कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको बताए ।
नेपाल संवत् प्रसङ्ग एउटा जातिको मात्र होइन र हुन पनि सक्दैन भन्दै उपप्रधानमन्त्री पोखरेलले यो एउटा जाति र समुदायको मात्रै नभई सबै जातिको सबै समुदायको प्रसङ्ग हो भनेर प्रत्येक नेपालीको जनजनमा पुर्याई यसलाई सबैले स्वीकार्ने प्रसङ्गको रुपमा लैजानुपर्ने आवश्यकता औँल्याए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक वर्ष नेपाल सम्वत्का दिन सरकारको क्यालेण्डरमा राखेर सरकार प्रमुखबाट हरेक वर्ष शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण गर्ने घोषणा गरेका छन् ।
उनले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी वर्षदेखि यो कार्यक्रम प्रतिष्ठानसँग संयुक्तरुपमा आयोजना गर्ने र यसको जिम्मेवारी सरकारले बहन गर्ने घोषणा गरेका छन् । नेपाल प्रसङ्गलाई कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध रहेको उहाँले बताए ।
प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री शालिकराम जमकट्टेलले साख्वाःले गरेको परिवर्तनको सुरुवातलाई समावेशी र समानुपातिक ढङ्गबाट राज्य व्यवस्था अगाडि बढिरहेको बताए ।
्प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले मध्यपुरथिमि नगरपालिकाले निर्माण गर्न लागेको शंखधर साख्वाः स्मृति पार्क, शंखधर सङ्ग्रहालयलगायतका गुरुयोजना पूरा गर्न सांसद् विकास कोषबाट आफूले रु. ५० लाख प्रदान गर्ने घोषणा गरे ।
उनले मध्यपुरथिमिलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन सरकारले बजेट विनियोजन गरेर काम गरिरहेको बताएका थिए ।
राप्रपाका नेता एवम् पूर्वसञ्चारमन्त्री टंक ढकाल, नेपाली काँग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल प्रसङ्गलाई सबै जातजाति, समुदायको प्रसङ्ग बनाउनुपर्नेमा जोड दिएका छन् ।
सो अवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्क, शंखधर सामुदायिक भवन निर्माणको गुरुयोजना प्रस्तुत गर्दै रु १२ करोडको लागत रहेको गुरुयोजना पूरा गर्न नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको र बाँकी रकम प्रदेश तथा केन्द्रीय सरकारलाई सहयोग गर्न आह्वान गरे ।
कार्यक्रममा काहीनाथ तमोट र सिन्हःस्वा खललाई सम्मान गर्नुका साथै प्रतिष्ठानले प्रकाशित गरेको शंखधर स्मारिकाको विमोचन पनि गरिएको छ ।
–––
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस