सोल-दक्षिण कोरियामा कार्यरत स्वदेशी बिदेशी मजदूरको तलब वृद्धि गर्न सरोकार निकायको बैठक ,छलफल र परामर्श भईरहेका बेला मजदूर संगठनहरुले भने आफ्नो पुरानो माग नै दोहोर्याएका छन् |
बदलिँदो र महँगो जीवन शैलीका कारण मजदूरको ज्वाला प्रति घण्टा १० हजार वन हुनुपर्ने माग केसीटियु र एमटियुका प्रतिनीधिले ज्वाला निर्धारण समितिको बैठकमा चट्टानी अडान राखेका हुन् |
जुन २९ तारिक सेजुङ सीमा रहेको न्युनतम ज्याला निर्धारण समितिको कार्यालयमा बसेको समितिको बैठकमा कम्पनी ब्यबस्थापक पक्षको सदस्यहरुले २०१८ को न्युनतम ज्याला २.४% प्रतिशत (१५५ वोन) बढाउने प्रस्ताब राखेका थिए |
मजदूर प्रतिनीधिले यो प्रस्तावको बिरोध गर्दै प्रतिघण्टा १० हजार वन हुनुपर्ने माग दोहोर्याएका हुन् | यहाँका मजदूर संगठनले बिगत २ बर्षदेखी यो माग राख्दै आएको छ |
आफ्नो मागबारे सरकारलाई दवाव दिन मजदूर संगठनले देश ब्यापि आमहडतालको आव्हान समेत गरेका छन् भने शुक्रबार मातहतका बिभिन्न मजदुरको आह्वानमा रास्ट्रपति भवन अगाडि ख्वाङ्ह्वामुनमा आयोजित आमहडतालमा लगभग ५० हजार मजदुरले सहभागिता जनाएका थिए |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस