काठमाडौं-बम विस्फोटका घाइते, प्रत्यक्षदर्शी, विस्फोटबाट क्षति पुगेको गोठ मर्मत गर्ने कामदार लगायत सम्पर्कमा आएका व्यक्तिसँग बयान लिएर प्रहरीले कांग्रेस सांसद एवं पूर्वमन्त्री मोहम्मत अफताब आलममाथिको अनुसन्धानलाई अन्तिम रुप दिने तयारी गरेको आजको कान्तिपुर दैनिकले समाचार छापेको छ |
घटनासित जोडिएका धेरै पात्र फेला परिसकेका प्रहरीले जनाएको छ।
१२ वर्ष अघि बम विस्फोटमा घाइते भएकालाई जिउँदै जलाएर मारेको आरोपमा पक्राउ परेका आलममाथि अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले शुक्रबार तेस्रोपटक प्रहरीलाई थप ८ दिन म्याद दिएको छ।
प्रहरीले तिहारपछि सरकारी वकिलको कार्यालयमार्फत मुद्दा अदलतमा पेस गर्ने भएको छ।
सरुअठाका त्रिलोकप्रताप सिंह र ओसी अख्तर बम विस्फोटमा घाइते भएका र उनीहरुलाई जिउँदै इँटाभट्टामा हालेको भन्दै उनीहरुको परिवारजनले आलमलगायत विरुद्ध किटानी जाहेरी दिएका थिए।
त्यसबेला मारिएकाको संख्या भने यकिन हुन सकेको छैन। बम विस्फोट नै नभएको भनी आलमले दिएको बयान झुटो भएको प्रहरीको ठम्याइ छ।
झुठो बोले नबोलेको पत्ता लगाउत प्रहरीले पोलिग्राफ परीक्षण गराउन खोज्दा आलमले मानेका छैनन्।
तत्कालिन जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेकै सहयोगमा आलमले धेरै प्रमाण नष्ट गरेको पाइएको छ।
एसपी न्यौपाने कैलालीको टीकापुरमा भएको थारुहट आन्दोलनमा मारिइसकेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस