भक्तपुर-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समयमा गरेको भ्रष्टाचार, अनियमितता, अपराधिक गतिविधि, हत्यारालगायतलाई संरक्षण गर्ने भएकाले सच्चिने दिशामा नभई नेपालबाट सक्किने दिशामा अघि बढेको बताएका छन् |
नेकपा चाँगुनारायण नगरपालिका वडा नं. ३ को आयोजनामा भएको दशैं, तिहार, छठ, नेपाल सम्वत लगायतका नेपालीहरुको महान् पर्वको अवसमा गरिएको शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै सांसद बस्नेतले कांग्रेसका युवा नेता, पूर्वमन्त्री गगनकुमार थापाले अपराधी , लागुऔषध कारोवारी, हत्यारा, समाजमा अपाच्य गतिविधि, अस्लिल गतिविधि गर्ने लगायतलाई संरक्षण गर्ने गरेको बताए ।
सामाजिक सद्भाव, हार्दिकता प्रदान गर्ने चाडपर्व भएको बताउँदै सांसद बस्नेतले चाडपर्वको अवसरमा विकृति तथा विसंगति फैलाउने प्रकारका गीतलाई सरकारले सच्याउन आग्रह गर्दै गायक दुर्गेश थापा र भिटेन घिसिङलाई नियन्त्रणमा लिई भाषा सच्याउन साथै उक्त गीतलाई सामाजिक सञ्जालबाट हटाउन लगाएको विषयमा सांसद थापाले सरकारले बोल्ने तथा अभिव्यक्ति दिने मानिसको अधिकारलाई बन्देज लगाएकाले सरकार विरुद्ध संघर्ष गर्ने घोषणा गर्नुले कांग्रेसले आफ्नो राजनीति यात्रालाई छोट्याउदै गएको उल्लेख गरे ।
सांसद बस्नेतले रौतहटमा २१ जना मजदुरलाई इट्टाभट्टामा जलाउने सांसदको पक्षमा कांग्रेसले मैन जुलुस निकालेको साथै कांग्रेसका सभापति शेरबहादुर देउवाले १२ वर्ष अघिको मुद्धा अहिले अनुसन्धान गर्न पाउँदैन भन्ने अभिव्यक्ति दिएको र त्यो आलोचना २४ घण्टा समेत टिक्न नसकेपछि विज्ञप्ती मार्फता सच्याइबाट कांग्रेसले अपराधिलाई राजनीतिक आडमा संरक्षण गरेको स्पष्ट पारे ।
नेकपाले गरेका राम्रा कामहरु जनताको माझ अझ व्यापक मात्रामा लैजानुपर्ने जरुरी रहेको औल्याउँदै सांसद बस्नेतले राजनीतिक, स्रोत, शक्तिको माध्यमबाट अपराध गर्ने जो कोहीलाई कानुनी कारवाही गर्नुपर्नेमा नेकपाको एउटै आवाज रहेको बताए ।
नेकपाको जनमुखि निर्णयकै कारण अपराधिक गतिविधि गर्ने लैरो टेकेका सांसद तथा उच्च पदका व्यक्ति कानुनी कठघरामा ल्याउन सफल भएको बताउँदै उनले लागुऔषध, अपराधी र तस्करलाई समर्थन गर्ने प्रकारका गीतलाई सरकारले नियन्त्रण गर्ने काम गरेको स्पष्ट पारे ।
पूर्व उद्योग मन्त्री समेत रहेका बस्नेतले भने , ‘नेकपाले अपराधिलाई संरक्षण गर्न कहिले पनि दुई सय केजीको माला लिएर स्वागत गर्न जाँदैन गल्ती गर्नेलाई आफ्नो नभनि कारवाही प्रकृया अघि बढाउँछ । त्यो जनताको माझ निवर्तमान सभामुख कृष्णबहादुर महरालाई कारवाही गरेर प्रमाणीत गरिदिएको छ । ‘ उनले थपे ‘सरकारले तस्करीको जालोलाई तोडेको छ , भक्तपुरमा कांग्रेसले धेरै सरकारी जग्गा पहुँचका भरमा कब्जा गरेको प्रमाणीत भइसकेको भु–माफियाले कब्जा गरेको जग्गा पुनः फिर्ता ल्याउने कार्य भइरहेको छ ।’
सांसद बस्नेतले वर्तमान सरकार अपराधिको लागि कठोर बनी कारवाही गर्छ, जनताले जहिले पनि साथ र सहयोग हुनेमा विश्वास व्यक्त गर्दै आगामी उपनिर्वाचनमा भक्तपुर लगायतका देशै भर पैसाको भरले चुनाव जित्ने सपना बनाएर कांग्रेसलगायतका दलहरु उपनिर्वाचनका लागि हिसाव किताव निकाल्न थालेको सुन्न आएको बताउँदै पैसाले जनतालाई किन्ने सपना नदेख्न चुनौति समेत दिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस