काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि शिक्षा नीतिमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका–१५ तीनथानमा आज आयोजित ‘वडाध्यक्ष शौक्षिक विकास कोषको दोस्रो वार्षिक उत्सव तथा साधारणसभा’को उद्घाटन कार्यक्रममा प्रचण्डले शिक्षामा बजेट पर्याप्त नभएकाले शिक्षाको नीतिमा आमूल सुधार गर्न नसकिएको बताए ।
‘हामीले देशको शिक्षा प्रणालीलाई वैज्ञानिक तवरबाट आयआर्जन र विकासमुखी बनाउनकै लागि शिक्षामा पर्याप्त लगानी आवश्यक छ, देशको विकास र सुधार शिक्षाबाटै हुन्छ, नीतिगत सुधार र बजेटमा सुधार गर्न सकिए देश आर्थिक समृद्धितर्फ उन्मुख हुने निश्चित छ,’ अध्यक्ष दाहालले भने ।
अध्यक्ष दाहालले विरोधीहरु पार्टी फुटाउन र नेताहरुबीच झगडा लगाउन हजार दाउ खोजिरहेका छन् भन्दै एकताको रक्षा गर्ने दायित्व नेता र कार्यकर्ताको साझा भएको उल्लेख गरे । सत्तरी वर्षदेखि लडेर ल्याएको परिवर्तन संस्थागत गर्नु हाम्रै जिम्मेवारी र दायित्व भएको उनको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न सबै लाग्नुपर्ने बतार । ‘हामी आफैले ल्याएको व्यवस्थाको रक्षा र कार्यान्वयन गर्न गम्भीर हुनुपर्छ,’ उनले भने ।
चन्द्रागिरि नगरपालिका–१५ का वडाध्यक्ष उत्तमबहादुर राउतले प्राप्त उपलब्धिलाई संस्थागत गर्न अगाडि बढ्नुपर्ने बेला आएको बताए ।
कार्यक्रममा विभिन्न विषयमा विद्यावारिधि गरेका १५ जना, एसइईमा उत्कृष्ट अङ्क ल्याउने तथा खेलकूदका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस