काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार प्रकृतिको विभिन्न पक्षको सन्तुलनको पर्व भएको बताएका छन ।
यमपञ्चक (तिहार) अर्थात् दिपावलीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले तिहारमा मानवका अतिरिक्त विभिन्न जनावरको समेत पूजाआजा गरिने भएकाले यसले प्रकृतिका विभिन्न पक्षको सन्तुलन र आत्मसम्मान कायम गरेको बताए ।
प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् ‘तिहार प्रकृतिसँग र पशुपक्षीसँग मिलेको छ, काग, कुकुर, लक्ष्मी (गाई) र गोरुको पूजा गरिन्छ, त्यसैले प्रकृतिका विभिन्न पक्षबीचको सन्तुलनसमेत यस पर्वमा प्रतिबिम्वित हुन्छ ।’ ओलीले तिहारलाई विभिन्न कोणबाट हेर्न सकिने बताउँदै सन्देशमा भनेका छन , ‘उज्यालोको चाड भएकाले यसलाई दिपावली पनि भनिन्छ, दीप अर्थात् उज्यालोको प्रतिक बत्ती बालेर चाड मनाउने गरिन्छ, तिहार सयपत्री, मखमलीलगायत फूलहरु प्रयोग हुने चाड हो ।’
‘परिवारका सदस्य खासगरी दिदीभाई–दाजुबहिनीको मिलनको चाड पनि भएकाले यसलाई उज्यालोको चाड, मिलनको चाडका रुपमासमेत लिन सकिन्छ’, प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । उनले तिहारको उपलक्ष्यमा देशभित्र र बाहिर रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइको सुस्वास्थ्य, सुख–समृद्धि र सफलताका लागि शुभकामना व्यक्त गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस