कास्की-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की जिल्ला कमिटीले कास्की– २ मा हुने उपचुनावका लागि विद्या भट्टराईको नाम सिफारिश गरेको छ । शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले नेतृ विद्या भट्टराईलाई एकल उम्मेदवारको रूपमा सिफारिश गर्ने निर्णय गरेको छ ।
सर्वसम्मत रूपमा विद्या भट्टराईलाई नै उम्मेदवार बनाउने सिफारिश गरिएको नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए । गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका थापाले भने, ‘सर्वसम्मत रूपमा सबै साथीहरूले नै विद्याजीलाई सिफारिश गर्ने प्रस्ताव ल्याउनुभयो, सबैको सहमतिमा नै एकल रूपमा उहाँलाई सिफारिश गर्ने निर्णय गरेका हौं ।’
भट्टराई स्व. रवीन्द्र अधिकारीकी धर्मपत्नीसमेत हुन् । कास्की– २ मा मंसिर १४ मा उपनिर्वाचन हुँदैछ । कास्की– २ प्रतिनिधिसभाको उपनिर्वाचनका लागि चुनाव हुने १ मात्र क्षेत्र हो ।
यस क्षेत्रका लागि नेपाली कांग्रेसले नेता देवराज चालिसेसहित १६ जनाको नाम सिफारिश गरेको छ । साझा पार्टीले भने रजनी केसीलाई उम्मेदवार घोषणा गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस