भीमदत्तनगर– नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य लेखराज भट्टले मुलुकको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।
नेकपा कञ्चनपुरले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता भट्टले निर्वाचनका बेला प्रतिष्पर्धी भए पनि विकासका सवालमा सहयात्री हुनुपर्नेमा जोड दिएका हुन् ।
प्रतिपक्षी दल भनेको शत्रु नभई सही बाटो देखाउने मार्गदर्शक भएको नेता भट्टको भनाइ छ । “सत्तापक्षका राम्रा कामको प्रशंसा र कमजोरी भए बाटो देखाउने काम गर्नु प्रतिपक्षको दायित्व हो”, उनले भने, “यो संस्कृतिको विकास गर्दै लैजानुपर्छ ।”
उनले सुदूरपश्चिमको विकासका लागि एकजुट भएर नगए अझै धेरै पछि पर्ने धारणासमेत राखेका थिए ।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सुदूरपश्चिम प्रदेश सरकार विकासको गतिमा अगाडि बढेको बताएका छन् । “विकास एकैदिनमा रातारात हुने विषय होइन”, उनले भने, “त्यसका आधार स्तम्भ तयार गरेर प्रदेश सरकार अगाडि बढिरहेको छ ।” उनले यही महीना यहाँ वित्तीय सम्मेलन र आगामी चैतमा सुदूरपश्चिममा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने पनि बताए ।
मन्त्री बोहराले प्रदेश सरकार कानून बनाउनतर्फ पनि अग्रसर रहेको उल्लेख गर्दै कानून निर्माणमा धैर्यता कायम गरौँ भनेका छन् । उनले भने, “विधि र प्रक्रियाकै कारण ढिलाइ हुन्छ ।”
नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले सुदूरपश्चिम कुनै दृष्टिकोणले पछाडि नपरेको बताएका छन् । यो प्रदेश जलस्रोत, जडीबुटीको अथाह सम्भावना बोकेको उल्लेख गर्दै उहाँले विशिष्ट भूगोलको रुपमा रहेको यो प्रदेशको विकासका लागि सबै एक जुट हुनुपर्ने आवश्यकता रहेको बताए।
“सुदूरको समृद्धिका लागि सबै हातेमालो ग¥यौँ”, उनले भने, “अब योजनासहित अगाडि बढ्नुपर्छ ।”
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ, प्रदेशसभा सदस्य लालबहादुर खड्का, मानबहादुर सुनार, पूर्वसांसद, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र स्थानीय तहका निर्वाचित नगर प्रमुख तथा उपप्रमुखलगायत नेताको उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस