काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कँडेलले आफ्नो नाममा भारतीय भूमिमा एक इञ्च पनि जमिन भए जुनसुकै कारवाही भोग्न तयार रहेको बताएका छन् ।
आफूमाथि सञ्चार माध्यमले भारतीय नागरिक भएको आरोप लगाएपछि बुधबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर नेता कँडेलले आफू भारतीय नागरिक भएको पुष्टि गर्नसमेत चुनौती दिएका छन् ।
उनले नवरलपरासीको सीमावर्ती भारतीय सहरमा आफ्नी अजुरआमाले स्थापना गरेको राधाकुमारी ईन्टर कलेजको सञ्चालक समितिको चुनावबाहेक कतै पनि मतदान नगरेको पनि दाबी गरेका छन् । “मेरो नाममा भारतीय नागरिकता त के, मेरो नाममा भारतमा एक इञ्च पनि जमिन भएको पुष्टि गरेर देखाउन चुनौती दिन चाहन्छु,” कांग्रेस नेता कँडेलले भने, “संस्था (विद्यालय) बाहेक भोट हालेको सावित गरे दण्ड सजाय भोग्न तयार छु । तर, झुटो आरोप लगाएर मान प्रतिष्ठामा आँच पुर्याउँदा अत्यन्तै दुःख लागेको छ ।”
उनले आफूले भारतीय सवारी चालक अनुमतिपत्र भने लिएको स्वीकार गरे । आफूले बाल्यकालदेखि स्नातक तहसम्म भारतमा अध्ययन गरेको र शैक्षिक प्रमाणपत्रका आधारमा सवारी चालक अनुमतिपत्र लिएको कँडेलको भनाइ थियो । भारतदेखि तेस्रो मुलुक जाने अधिकांश नेपालीले ति मुलुकको सवारी चालक अनुमति पत्र लिने गरेको स्मरण गराउँदै उनले सवारी चालक अनुमति पत्र लिँदैमा कोही पनि अन्य मुलुको नागरिक नहुने दाबी गरे ।
कँडेलले आफ्नी हजुरआमाले खोलेको क्याम्पसको अध्यक्ष भएकै कारण भारतको उच्च अदालतमा आफूविरुद्ध नेपाली नागरिकले भारतीय संघसंस्थामा अध्यक्ष हुन नपाउने भनेर मुद्दा चलिरहेको जानकारी दिए । सन् १९५० को सम्झौताका आधारमा नेपालीले पनि भारतमा सामाजिक संघसंस्था सञ्चालन गर्न पाउने भएकाले आफू आफ्नो हजुरआमाले खोलेको क्याम्पस (तत्कालीन विद्यालय) को अध्यक्ष भएको प्रष्ट्याए ।
उनले आफूलाई अपहरणकारी भएको दाबी गर्ने सञ्चार माध्यमविरुद्ध कानुनी उपचारमा जाने पनि बताए । एक महिना अगाडिमात्रै आफू भारतीय र नेपाली सुरक्षा अधिकारीको संयुक्त बैठकमा सहभागी भएको तस्बिर देखाउँदै उनले भने, “म अपहरणकारी भएको भएँ के यसरी दुबै देशका सुरक्षा अधिकारी सहभागी भएको कार्यक्रममा उपस्थित हुने हिम्मत राख्थे ? ममाथि हुँदै नभएको आरोप लगाइएको छ । कानुनी उपचारमा जान्छु ।”
कांग्रेस नेता कँडेल पत्रकार सम्मेलनमा आफूमाथि सञ्चार माध्यमले लगाएका अनेक आरोपको खण्डन गर्ने लिखित दस्तावेजहरुका साथ उपस्थित भएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस