काठमाडाैं-नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपा लडाकु दस्ता (सैन्य संरचना) निर्माणको तयारीमा रहेको खुलेको छ। हालै बरामद राजनीतिक दस्तावेजमा सैन्य संरचना बनाउने निर्णयहरू भेटिएको प्रहरीले जनाएको छ।
पार्टीलाई बलियो बनाउन र प्रतिरक्षाका लागि सैन्य संरचना निर्माण गर्ने ती दस्तावेजमा उल्लेख छ। त्यसका लागि तालिम र प्रशिक्षण सञ्चालन गर्ने निर्णय भएको दस्तावेज प्रहरीले फेला पारेको छ।
‘बरामद दस्तावेज र निर्णय–पुस्तिकामा सैन्य शक्ति निर्माण गर्ने उल्लेख गरेको भेटिएको छ’, दाङका प्रहरी प्रवक्ता तथा डीएसपी विनोदविक्रम शाहले भने, ‘प्लाटुनसम्मका सैन्य संरचना बनाउने खाका रहेछ।
राजापुरबाट पक्राउ परेका २१ जना विप्लवका नेताहरूबाट बरामद भएका दस्तावेजमा यो भेटिएको हो।’ उनीहरू असोज ३० गते बिहान १ बजे राजपुर–४ मगराइना गाउँबाट पक्राउ परेका थिए।
सैन्य तालिम र प्रशिक्षणका लागि राजापुर क्षेत्र प्रयोग गर्ने योजना रहेको खुलेको छ। ‘खास गरेर प्रतिरक्षाका लागि यो संरचना तयार गर्दै रहेछन् भन्ने बुझिन्छ’, डीएसपी शाहले भने, ‘दस्तावेजमा सेनाको कुरा पटक–पटक उल्लेख गरिएको छ। सैन्य संरचनासँगै मंसिरसम्म चन्दा संकलन बढाउने योजना पनि फेला परेको छ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस