कानुनी राज्यमा विश्वास गर्ने नेपाली काँग्रेस कोहीमाथि पनि अनुसन्धानको विपक्षमा नउभिने उनको तर्क छ
काठमाडौं-सांसद मोहम्मद आफताब आलमलाई पक्राउ गरिनु काँग्रेसविरुद्धको षड्यन्त्र भएको प्रतिक्रिया दिएका काँग्रेस सभापति शेरबहादुर देउवाले उक्त बाेली सच्चाएका छन्।
शुक्रबार पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनमा देउवाले आलम पक्राउको विरोध गरेका थिए । सो अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि देउवाले शनिबार दिउँसो प्रेस विज्ञप्ति जारी गरी आलममाथिको मुद्दामा कुनै पनि पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई काँग्रेसले सहयोग गर्ने बताएका छन् ।
१२ वर्षअघिको घटना ल्याएर अहिले पक्राउ गरिएकोप्रति आपत्ति जनाउँदै देउवाले त्यतिबेला के हेरेर बसेको भन्दै प्रश्न गरेको थिए । उक्त अभिव्यक्तिलाई संशोधन गर्दै विज्ञप्तिमार्फत देउवाले भने, ‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्बेषण गर्ने कार्यमा बाधा पुग्छ नै । १२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ ।’
कानुनी राज्यमा विश्वास गर्ने नेपाली काँग्रेस कोहीमाथि पनि अनुसन्धानको विपक्षमा नउभिने उनको तर्क छ । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ विज्ञप्तिमा भनिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस