काठमाडौं-बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराले स्वास्थ्य प्रतिकूलताको कारण देखाई बयान दिन ‘अस्वीकार’ गरेका छन्।
पक्राउ परेको चार दिनपछि अस्पताल भर्ना भएका महराले ‘स्वास्थ्य अवस्था प्रतिकूल रहेको’ भन्दै बयानमा भाग लिन अस्वीकार गरेका हुन् |
बयान सुरु हुन नसक्दा प्रहरीले थालेको अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको छैन।
‘आरोपित अस्पतालमा भर्ना भएर उपचार गरिरहेको अवस्था हो, स्वास्थ्यले साथ नदिएका कारण बयान सुरु हुन सकेको छैन,’ सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले भने, ‘आशा गरौं, स्वास्थ्य अवस्था सुधार होला । आइतबार बयान लिने र म्याद थपका लागि अदालतमा पेस गर्ने हाम्रो तयारी छ।’
महरालाई पक्राउ गरी थुनामा राख्न जिल्ला अदालत काठमाडौंले दिएको १३ दिनको समयसीमा शुक्रबार सकिँदै छ। सरकारी वकिल कार्यालयका प्रमुख खनालले प्रहरीको अनुसन्धानमा रहेको भन्दै अरू विवरण खुलाउन चाहेनन्।
अर्का एक सरकारी वकिलका अनुसार महराले ‘मौन रहने अधिकार’ प्रयोग गर्न चाहेका छैनन्।
फौजदारी अभियोग लागेका हरेक आरोपितलाई घटनाका विषयवस्तु र प्रश्नबारे कुनै उत्तर नदिई ‘मौन रहने’ अधिकार रहन्छ। यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ |
मौन रहन चाहेको भए स्पष्ट रूपमा भन्न आग्रह गर्दा महराले आफ्नो त्यस्तो रुचि नभएको बताएको कार्यालय स्रोतले जनायो । ‘उहाँले स्पष्ट रूपमा बयान दिन तयार छु भन्नुभएको छ तर आफ्नो स्वास्थ्यमा केही सुधार होस् भन्ने जवाफ दिनुभएको छ,’ स्रोतले भन्यो।
संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले आफूमाथि बलात्कार भएको सार्वजनिक गरेपछि महराले सभामुखबाट राजीनामा दिएका थिए । त्यसपछि उनले आफूमाथि कुनै दुर्व्यहार नभएको अभिव्यक्ति दिएकी थिइन्।
पछि फेरि उनैले दिएको किटानी जाहेरीका आधारमा महरा पक्राउ परेका थिए । किटानी जाहेरीपछि ती ‘पीडित’ ले आफूलाई झुक्याएर निवेदन दिन लगाइएको प्रतिक्रिया दिएकी थिइन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस