काठमाडौं- ‘विस्फोटका घाइतेलाई सुई लगाई बेहाेस बनाएर इँटाभट्टामा जिउँदै जलाइएको थियो’ भन्ने शिर्षकमा नयाँ पत्रिका दैनिकले निलम्बित सांसद महमद अफ्ताव आलम १२ वर्ष अघि गरेको अपराध बारेमा बृहद रिपोर्ट छापेको छ |
समाचार अनुसार संविधासभा निर्वाचनको माहोल तात्तिएको थियो। जनताले मत दिएर संविधान लेख्ने ऐतिहासिक अवसरमा सहभमागी हुन उत्सुक २२ वर्षीय त्रिलोकप्रताप सिंह (पिन्टु) पनि भारतबाट फर्किए। बिहारको सीतामढीस्थित राधाकृष्ण गोयन्का कलेजमा स्नातक तह अध्ययन गर्ने पिन्टु रौतहटको यमुनामाई, सरुहट्ठास्थित घर फर्किनासाथ चुनावी माहोलमा हेलिए।
भाषणकलामा तेज पिन्टुलाई मोहम्मद अफताव आलमका भाइ महताव आलमले साथमा लिइहाले। अफतावको चुनावी प्रचारका लागि १८ चेतमा उनी घरबाट निस्किए। आलमको चुनाव सफल भयो, उनी सांसद, मन्त्री पनि भए। तर होनाहार युवा पिन्टु कहिल्यै घर नफर्किने गरी अस्ताए।
२७ चैत, साँझ : रौतहटकै फरहदवा गाउँ (हालको राजपुर नगरपालिका २) छाप्रोमा बम बन्दै थियो। खासमा विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले आलमको योजनामा धमाधम बम बनिरहेका थिए। तर बम बनिरहेकै ठाउँमा विस्फोट भयो। बम बनाउन भारतबाट ल्याइएका कैयौं घाइते भए, कैयौंको मृत्यु भयो।
छोरो विस्फोटमा परेको खबर सुनेपछि पिन्टुका बुवा श्रीनारायण सिंह भोलिपल्ट घटनास्थल पुगे। प्रत्यक्षदर्शीले विवरण सुनेपछि वृद्ध बाबु छाँगाबाट खसेझैं भए। बम बनिरहेको ठाउँमा तमासा हेरिरहेका पिन्टु खासमा गम्भीर घाइते भएका थिएनन्।
‘बम विस्फोटपछि उछिट्टिएको छर्रा पिन्टुको तिघ्रामा लागेको थियो। आत्तिएर भाग्दाभाग्दै उसलाई आलमका मान्छेले लखेटी लखेटी समाते। उपचार गर्न भन्दै उसलाई सुई लगाएर बेहोस बनाए। बोरामा कोचे। इँटाभट्टामा लगेर जिउँदै खरानी बनाए,’ ७९ वर्षीय बाबुले भने।
पिन्टुसँगै घटनामा घाइते भएका अर्का नेपाली युवक हुन् ओसी अख्तर । उनलाई पनि जिउँदै खरानी पारियो । २१ वर्षका ओसी विवाहित थिए । मगनी हुँदा ओसी नौ वर्षका मात्र थिए, अझ उनकी श्रीमती आस्ना ६ वर्षकी मात्र थिइन् । पछि उनीहरूको बिहे भयो । नयाँ पत्रिका टिमले आस्नालाई उनकै घरमा भेट्यो । उनी भोजपुरी बोल्छिन् । दोभाषेको सहारामा हामीले कुरा गर्दा उनले भनिन्, ‘उहाँ धेरै असल हुनुहुन्थ्यो । हामीले केटाकेटीमै बिहे गरेको, तैपनि उहाँ धेरै जिम्मेवार मान्छे हुनुहुन्थ्यो । मलाई उहाँले खुसीसाथ राख्नुभएको थियो ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस