काठमाडौँ-सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपालको दुई दिवसीय राजकीय भ्रमण अभूतपूर्वरुपमा सफल भएको जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने , ‘चिनियाँ राष्ट्रपतिको भ्रमण, राजनीतिक रुपमा मात्रै नभई नेपालको आर्थिक समृद्धिको मार्गचित्र पहिल्याउन पनि सफल भएको छ । यसको प्रभाव दीर्घकालीन रुपमा समेत पर्नेछ ।’
मन्त्रिपरिषद्को निर्णयका बारेमा जानकारी दिन आज आयोजित नियमित पत्रकार सम्मेलनमा बाँस्कोटाले भ्रमणको बहुआयामिक महत्व रहेको र दुई देशबीच भएको २० बुँदे समझदारीपत्र त्यसैको उदाहरण भएको बताए ।
भ्रमण बहुआयामिक महत्वका बारेमा थप स्पष्ट पार्दै मन्त्री बाँस्कोटाले भने , ‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण विकास लक्षितरुपमा, राजनीतिक रुपमा र कूटनीतिक सम्बन्धका रुपमा हेर्नुपर्छ । यसले राजनीतिक रुपमा विशिष्ट प्रकारको सम्बन्ध स्थापित गरेको छ ।’
विश्वशक्तिसमेत रहेको छिमेकी मुलुकसँग राम्रो सम्बन्ध हुनु नै खुशीको कुरा भएको स्पष्ट पार्दै उहाँले २३ वर्षपछि नेपालमा त्यस खालको उच्चस्तरीय भ्रमण हुनु नै ठूलो कुरा भएको बताए । चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपालको छवि विश्वव्यापीरुपमा नै स्थापित हुन पुगेको र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत त्यसलाई चर्चा गरेको मन्त्री बाँस्कोटाको भनाइ छ ।
दुई देशका बीचमा कायम रहेको मैत्री सम्बन्ध थप प्रगाढ र उन्नत बनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देखेको सपना पूरा हुने दिशामा केन्द्रित रहेको बताए ।
प्रवक्ता बाँस्कोटाले वर्तमान सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को सङ्कल्पलाई साकार बनाउन पनि भ्रमण ऐतिहासिक भएको स्पष्ट पारे । चिनियाँ राष्ट्रपति सीको भ्रमणबाट नेपाल र नेपाली जनताका लागिसमेत महत्वपूर्ण लाभ र उपलब्धि प्राप्त हुने उनको भनाइ थियो ।
नेपाल भूपरिवेष्टित नभई भूजडित हुनुपर्छ भनेर प्रधानमन्त्री ओलीले जोड दिँदै आएको सन्दर्भ जोड्दै मन्त्री बाँस्कोटाले चिनियाँ राष्ट्रपति सीबाट पनि सोही खालको प्रतिबद्धता व्यक्त भएकामा त्यो विषयसमेत ऐतिहासिक भएको बताए । नेपाल र चीनबीच भएको सहमति तथा समझदारीले नेपाललाई समुन्द्रसम्मको पहुँच, हवाई मार्ग र यातायातमा सम्भावनाको ढोका खोलेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस