नेपालगञ्ज-२० मनिकापुरमा पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास छ । यहाँका नागरिकमा आफ्नो स्वास्थ्यप्रति सजग रहनुपर्छ भन्ने चेतनास्तर धेरै बढेको छ । नियमित गर्भ जाँच र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तरलाई पनि उत्तिकै बढाएको छ ।
चेतनास्तर बढेकै कारण मनिकापुर स्वास्थ्यचौकीमा नियमित गर्भ जाँच गर्न आउनेको भीड लाग्ने गरेको छ । ‘अब त चेतनास्तर पनि बढेको छ, घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भन्ने बुझेका छन्’, स्वास्थ्यचौकीकी अनमी आशा सार्कीले भनिन । नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि सहयोग पु¥याएको छ ।
‘पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा भीड नै लाग्छ’, अनमी सार्कीको भनाइ छ । तर, स्वास्थ्यचौकीमा एम्बुलेन्स नहुँदा सुत्केरी हुन आउने महिलाका लागि लडिया र बुकी भरपर्दो सवारी साधन बनेका छन् । मनिकापुरका ग्रामीण बस्तीहरुमा पक्की सडक र नेपालगञ्जभन्दा केही टाढा रहेकाले सुत्केरी ब्यथा लागेपछि गर्भवतीलाई लडिया (गाडा), बुकी (टाँगाजस्तै) को भर पर्नुपर्ने बाध्यता छ ।
त्यसो त एम्बुलेन्स बोलाउँदा ढिला हुने भएकाले उनीहरूको प्राथमिकतामा लडिया र बुकी नै पर्दछन् । अनमी सार्कीले भनिन , ‘एम्बुलेन्स बोलाउँदा निकै समय लाग्छ, त्योभन्दा छिटो लडिया र बुकीमै हुन्छ । खर्चका हिसाबले पनि निकै सस्तो पर्छ ।’ सुत्केरी गराउन आउँदा रमेशपुर, नटनपुरबाट गाडा तथा माईगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरेको अनमी सार्कीले बताइन ।
‘कुनै दिन त स्वास्थ्यचौकीमा बुकी र लडियाको लाइन लाग्छ’, अनमी सार्कीले बताइन । स्वास्थ्यचौकीका इन्चार्ज सरोजकुमार मिश्रले स्वास्थ्यचौकीमा सुत्केरी गराउनेको चाप बढ्दो क्रममा रहेको बताए । ‘जनशक्ति, साधन र स्रोत पुगेकै छ’, इन्चार्ज मिश्रले भने , ‘सिस्टरहरुको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउन आउँछन् ।’
इन्चार्ज मिश्रले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढाएको बताउनुभयो । ‘चौथोपटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकाले पनि सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ’, उनले भने । नयाँ कानून आएपछि अलिकति जटिल देखिनेबित्तिकै सिफारिस गर्ने गरिएको छ । यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् ।
स्वास्थ्यचौकीमै पुग्न नसक्ने गर्भवती महिलाले गाउँटोलमै गाउँघर क्लिनिकमार्फत जाँच गरिरहेका छन् । मनिकापुर स्वास्थ्यचौकीअन्तर्गत १५ स्वास्थ्य स्वयंसेविकामार्फत गाउँघरमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन हुँदा गर्भवती महिला नियमित जाँचका लागि आउने गरेको इन्चार्ज मिश्र बताउछन । उनि भन्छिन , “बर्थिङ सेन्टरमा स्थानीयवासीले अपनत्व महसुस गरेकै कारण प्रसूति सेवा प्रभावकारी देखिएको छ ।”
यहाँ ४० जनासम्म अन्य उपचारका लागि आउने गर्छन् भने हप्तामा कम्तीमा पनि चार महिला सुत्केरी हुनकै लागि पुग्ने गरेको इन्चार्ज मिश्रले बताए । “सेवा प्रवाहमा वृद्धि भइरहेको छ, यसलाई अत्याधुनिक ढङ्गबाट सञ्चालन गरी अझै सुविधासम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको छ”, उनले भने । गर्भवती उत्प्रेरणाबापत चारपटक गर्भवती जाँच गराए रु ८०० र बर्थिङ सेन्टरमै सुत्केरी हुनेलाई रु एक हजार पोषणभत्ता दिइँदै आएको छ ।
सरकारले प्रोत्साहन भत्ता दिन थालेपछि गर्भवती महिला नियमित जाँज र सुत्केरी हुन बर्थिङ सेन्टरमै पुग्ने गरेको अनमी सार्कीले बताइन । “नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा मनिकापुरमा स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनुपर्छ भन्ने चेतनास्तर बढेको छ”, सार्कीले भनिन । टोलमा को गर्भवती छ र कसले जाँच गराएको छैन भन्ने महिला स्वयंसेविकाले निगरानी गरिरहेका हुन्छन् ।
“गर्भवती जाँच गर्ने बेलामै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउनू भनेर लेख्छौँ”, अनमी सार्की ती जच गराऊ, घरमा सुत्केरी नहोऊ भन्ने सन्देश निकै फलदायी भएको छ ।” मनिकापुरमा रहेको बर्थिङ सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगञ्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरकै बर्थिङ सेन्टरमा गर्भवती महिला पुग्ने गरेको बताउछिन् , अनमी सार्की ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस