काठमाडौँ – हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गरेका हुन्।यसअघि उनको चर्चित आत्मकथा ‘चिना हराएको मान्छे’ आइसकेको छ।
खचाखच दर्शकले भरिएको प्रज्ञा भवनको डबलीमा पुस्तक सार्वजनिक गर्दै श्रेष्ठले आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ जस्तै यस उपन्यासले पनि लोकप्रियता प्राप्त गर्ने शुभकामना व्यक्त गरे।
उनले भने ‘हरिबहादुर हाम्रै समाजमा भएको एउटा पात्र हो। जो हरेक ठाउँमा हरिबहादुर छ। जसले बुद्धि भएर पनि सही ठाउँमा प्रयोग गर्दैन। जसले आफूलाई फाइदा हुने काममा मात्र आफू सरिक हुन्छ भने आफू फस्ने स्थानमा अरुलाई फसाइदिन्छ। हरिबहादुर अहिले देशका नेताहरु जस्तै चरित्र हो। हरिबहादुरजस्ता मानिस राजनीतिमा भएर नै हामीले विभिन्न ताण्डव देख्नुपरेको छ।’
आफ्ना सहकर्मी आचार्यको बारेमा बोल्दै गर्दा निकै भावुक भएका हास्य कलाकार श्रेष्ठले हरिवंश आफ्नो जिन्दगी भएको बताए। उनले थने ‘हरिवंश मेरो परम मित्र प्यारो भाइ हो। जो मेरो जिन्दगी हो। मेरो आफ्नो केही छ भने ऊ हरिवंश हो। उसको पुस्तक आउँदा खुसी मेरो लागि ठूलो खुसीको कुरा हो।’
आफ्नो पुस्तक पनि दसैँमा ल्याउने जानकारी दिँदै श्रेष्ठले पारिवारिक कारणले ढिला भएको स्पष्ट पारे। पुस्तकका बारेमा बताउँदै लोकप्रिय लेखक बुद्धिसागरले नेपाली साहित्यमा आख्यानलाई धेरै रुन्चे बनाइएको भन्ने आरोप लागिरहेका बेला आचार्यको उपन्यासले नयाँ मोडमा लगेको उल्लेख गरे।
यो पुस्तक पढेपछि नेपाली आख्यान रुन्चे वा भावुकमात्र हुन्छन् भन्ने सोचमा परिवर्तन आउँछ लेखक बुद्धिसागरले अगाडि थपे ‘यो उपन्यासमा दुःखद विषयलाई पनि हास्यरसमा प्रस्तुत गरिएको छ। पढ्दा हसाउने विषय थुप्रै छन्। लेखनमा हँसाउने विषयलाई प्रस्तुत गर्न निकै गाह्रो छ।’
पुस्तकका बारेमा बताउँदै लेखक आचार्यले हरिबहादुरका १५ प्रतिशत विषय टेलिचलचित्रको पात्र हरिबहादुरसँग मिले पनि बाँकी विषय नयाँ छन्। मैले अघिल्लो पुस्तकमा लेख्न नसकेका कुरालाई पनि यसमा राखेको छु। यो गाउँबाट सहरमा ल्याइएको युवा जसका क्रियाकलाप व्यक्तिगत भएर पनि सामाजिक राजनीतिक बनेको बताए।
मदनकृष्ण श्रेष्ठ र आफूले ४० वर्षदेखि नाटक लेखन गर्दै आएकाले रङ्गमञ्जमा प्रस्तुत गरेका प्रहसनलाई पुस्तकका रुपमा ल्याउने ठूलो जिम्मेवारी छिट्टै पूरा गर्ने पनि जानकारी दिए।
आगामी जेठ ५ गतेपछि लेखकले हरिबहादुर किताब यात्रामा निस्केर देशका विभिन्न स्थानमा पाठकहरुसँग अन्तक्र्रिया गर्ने बताएका छन्। चितवन, पोखरा, बुटबल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, बिर्तामोड, विराटनगर, धरान, सिन्धुली गरी ११ ठाउँमा किताब यात्रामा पाठकसँग प्रत्यक्ष भेट र आचार्यको प्रहसन पनि हुनेछ। पुस्तकलाई फाइन प्रिन्टले प्रशासन गरेको हो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस