काठमाडौं-सरकारले स्थानीय तहको चुनावका कारण दक्षिण कोरियामा रोजगारीका लागि जान लिइने भाषा परीक्षा नरोकिने स्पष्ट पारेको छ । परीक्षार्थीहरुमा चुनावका कारण भाषा परीक्षा हुने/नहुने अन्योल बढेपछि इपीएस परीक्षा निर्धारित मितिमै हुने वैदेशिक रोजगार विभाग अन्तरगतको इपीएस कोरिया शाखाले बताएको छ ।
जेठको २७ र २८ गते इपीएसको परीक्षा हुँदैछ । जेठ ३१ गते विभिन्न प्रदेश दोस्रो चरणमा स्थानीय तहको चुनाव भएकाले परीक्षार्थीहरु जाँच सकेर भोट हाल्न पुग्न भ्याउने इपीएस शाखाका निर्देशक बाबुराम खतिवडाले जानकारी दिएको अनलाइन खबर समाचारमा छ |
‘परीक्षामा बाधा आउँदैन । ढुक्कले परीक्षार्थीले तयारी गर्नुभए हुन्छ । परीक्षा दिएर गाउँ फर्किएर भोट हाल्न भ्याउने स्थिति छ’ खतिवडाले भने ।
यो वर्ष भाषा परीक्षाका लागि ७५ हजार ६ सयभन्दा बढी युवाले आवेदन दिएका थिए । त्यसमध्ये झण्डै ४ सयको फारम अवैध भएकाले खारेज गरिएको छ । कोरियाले यो पटक १० हजार २ सय नेपालीलाई लैजानेछ ।
गत वर्ष ३५ सयका लागि संख्या ६० हजार परीक्षार्थी सहभागी भएका थिए । तर, यो पटक कोटा बढेका कारण पनि धेरैको आवेदन परेको छ । यसपटक अनलाइनमार्फत आवेदन लिइएको थियो ।
कोरिया जानका लागि उत्पादनमूलक समूहमा २४ हजार ३८७ जनाले आवेदन दिएका छन् भने कृषि समूहमा ५१ हजार २२० जनको आवेदन परेको छ ।
यो वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रतर्फ ४ हजार कामदार उर्त्तीण हुनेछन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस