काठमाडाैं-निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ।
निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो भने सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादीकेन्द्र)बाट दाङ २ बाट निर्वाचित हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वाचित सांसद हुन्।
दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन सरह भएको छ। पक्राउ अवधिभर उनीहरूले सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध हुनेछैन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस