काठमाडौं-नयाँ प्रविधिको विकाससँगै हृदयाघातको उपचारमा पनि धेरै परिवर्तन आएको छ । समयमा नै उपचार पाउन सकेमा धेरै मानिसहरुको मृत्युबाट जोगाउन सकिन्छ । उपचार पद्धतिमा आएको विकाससँगै अहिले बन्द भएको मुटु खोल्न विगतमा जस्तो घण्टौँ लामो शल्यक्रिया गर्नुपर्दैन । हृदयाघात भएका बिरामीलाई औषधि दिएर वा शल्यक्रिया मार्फत उपचार गरिन्छ । हृदयाघातको प्राथमिक उपचार भनेको नै हृदयाघातको शंका लाग्ने वित्तिकै वा हृदयाघात भएको थाहा पाएपछि एस्पिरिन नामक औषधि सेवन गर्नुपर्छ । ३०० एमजिको एस्पिरिन खानु नै सबैभन्दा राम्रो उपाय हो । हृदयाघातको जोखिम रहेका व्यक्तिका घरमा यो औषधि राख्नु सबैभन्दा राम्रो हुन्छ ।
हृदयाघात भएर आएका बिरामीको कोरोनरी एन्जियोग्राफी गरेर बिरामीको बन्द भएको मुटुको अवस्था पत्ता लगाइन्छ । कारोनरी एन्जियोग्राफी भनेको एक प्रकारको मुटुको एक्सरे हो । यसमा बिरामीको मुटुमा विशेषप्रकारको नली पठाइन्छ । त्यसमा एक विशेष प्रकारको रंगिन तरल पदार्थ हुन्छ । त्सले बिरामीको बन्द भएको मुटुको अवस्था प्रकृति र बन्दको मात्रा देखाउँछ । त्यसपछि चिकित्सकले एन्जिओप्लाष्टि गरेर स्टन्ट राख्ने काम गर्छन ।
एन्जिओप्लाष्टि भनेको बिना चिरफार हात थता तिघ्राको नसाको माध्यमद्धारा मुटुको नसा खुलाउन गर्ने शल्यत्रिया हो । एसमा एक विशेष प्रकारले तयार पारिएको बेलुन जस्तो स्टेन्ट बिरामीको बन्द नलीमा पुर्याएर फुलाइन्छ । स्टेन्टले बन्द भएको नलीलाई खुलाउने काम गर्छ । स्टेन्ट पनि दुई प्रकारका हुन्छन् । एउटा औषधि भएको र अर्को औषधि नभएको । औषधि भएको स्टेन्ट महंगो पर्छ । एक पटक स्टेन्ट हालेका बिरामीको फेरी नली बन्द हुने सम्भावना हुन्छ । तर औषधि हालिएको बिरामीमा ६ देखी एक वर्ष भित्र ५ देखी सात प्रतिशतमात्र पुन बन्द हुने सम्भावना हुन्छ । जबकी औषधि नहालेकोमा २३ प्रतिशतसम्म हुन्छ ।
अहिलेको समयमा एन्जिओप्लष्टि नै सबैभन्दा उत्तम उपचार हो । हृदयाघात भएका बिरामीलाई अस्पताल पु¥याएपछि तुरन्तै गरिने संकटकालीन उपचार हो । यो उपचार मुटु दुखेको ६ देखी १२ घण्टाको फरकमा र अस्प्तालको गेटबाट बिरामी भित्र छिरेको ९० मिनेट भित्र गरिन्छ । जति छिटो एन्जिओप्लाष्टी भयो बिरामीको मुटुका मांसापेशी मर्ने र पक्षघात हुने सम्भावना त्यती कम हुन्छ । यदि अस्पतालहरुमा यो सेवा उपलब्ध छैन भने जमेको रगत पातलो पार्ने औषधिको इन्जेक्सन दिने पद्धती पनि छ । हाम्रोमा अन्य अस्पतालबाट यस्तो औषधि दिएपछि एन्जिओप्लाष्टी गर्न आएका बिरामी धेरै भेटिन्छन् ।
हृदयाघातका बिरामीलाई बाइपास सर्जरी पनि गरिन्छ । बाइपास सर्जरी अर्को उपचार पद्धती हो । यो भनेको बिरामीको बन्द भएको नलीको ठाँउमा अर्को नली लगेर जोड्ने उपचार पद्धती हो । यस्मा शल्यक्रियाका लागि समय पनि लाग्छ । एन्जिओप्लाष्टिको प्रक्रियाद्धारा मुटुको धमनीमा रगत पठाउने सम्भावना नभएमा मुटुको बाइपास शल्यक्रिया गरिन्छ । यो चिरफारद्धार गरिने शल्यक्रिया हो । यस्तै बिरामीलाई औषधिका माध्यमबाट पनि हृदयाघातको उपचार गरिन्छ । तर औषधिको उपचार भनेको माइनर अवस्थाका लागि मात्र हुन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस