टोकियो-जापानमा आएको आँधी (ताइफ़ुन) बाट ५ को मृत्यु भएको छ भने २७ जना बेपत्ता रहेका छन् |
आईतबार बिहान जापानी संमय ९ बजेसम्मको तथ्यांक अनुसार आंधीको चपेटामा परि विभिन्न विभिन्न क्षेत्रमा ५ जनाको मृत्यु भएको यहाँको समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।
समाचारमा २७ जना बेपत्ता रहेको र करिव १ सयको संख्यामा घाईते भएको विवरण प्राप्त भएको उल्लेख छ ।
जापानी अधिकारीहरुले पानीको बहाव उच्च भएका कारण केही स्थानमा खोलाको सतह बढेर वस्ती क्षेत्रमा पसेको जनाउँदै त्यस्ता क्षेत्रमा रहेका नागरिकहरुलाई सम्भव भएसम्म सुरक्षित स्थानमा जान अनुरोध गरेका छन् ।
घरभित्र रहेका व्यक्तिहरुलाई घरको माथिल्लो तल्लामा गएर उद्दारमा आएका हेलिकोप्टर तर्फ देखिनेगरि हात हल्लाउन अनुरोध गरेका छन् ।
बिहानैबाट बाढी प्रभावित क्षेत्रमा उद्दारको काम भईरहेको र डुबानमा परेको क्षेत्रका नागरिकहरुको उद्दार भईरहेको भिडियो दृश्यहरु जापानी टेलिभिजनहरुले प्रशारण गरिरहेका छन् । डुबानमा परेको बस्तीका नागरिकहरुले घरको माथिल्लो तल्लामा गएर सेतो कपडा हल्लाउँदै उद्दारको अनुरोध गरेको दृश्य टेलिभिजन च्यानलहरुले प्रशारण गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस