काठमाडौं-चिनियाँ राष्ट्रपति सी जिनपिङको विशेष विमान अपरान्ह करिब ४ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सूचना थियो।
त्यसको डेढ घण्टाअघिदेखि नै अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान ठप्प पारिएको थियो।
सबैभन्दा पछिल्लो उडानको रुपमा ३ः०३ मा इन्डिगो एयरलाइन्सको जहाज दिल्लीतर्फ उडेपछि नेपाली आकाश खाली गरिएको थियो।
त्यसपछि राष्ट्रपति सीको स्वागतका लागि सडक र विमानस्थलमा उभिएका सर्वसाधारण तथा विशिष्ट व्यक्तिले आकाशतर्फ आँखा नचाइरहेका थिए।
त्यस्तै मिडियाकर्मीले फ्लाइठ ट्रयाक वेबसाइड नियालीरहेका थिए।
करिब ४ बजे दक्षिण भारतीय सीमा हुँदै एयर चाइनाको विमान नेपाली आकाशतर्फ प्रवेश गर्यो।
सो विमान ठीक ४ः१५ मा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको केही मिनेटमै विभिन्न अनलाइनमा समाचार आयो– चिनियाँ राष्ट्रपति सी जिनपिङ काठमाडौँमा अवतरण।
जब कि, विमानस्थलभित्रै उपस्थित पत्रकारलाई भने सो विमानमा राष्ट्रपति सी नभएको जानकारी आइसकेको थियो।
चेन्नईबाट आएको जहाज काठमाडौँ अवतरण गरेकाले सो जहाजमा राष्ट्रपति नै भएको आमबुझाइका आधारमा समाचार बनेका थियो |
तर, बी–२४८२ कलसाइनको विमान अवतरण गरेको आधा घन्टा नाघ्दा पनि राष्ट्रपति झुल्किएनन्।
त्यपछि ट्रयाकिङ वेबसाइडमा अर्को जहाजको खोजी हुन थाल्यो।
साइटमा कतै पनि जहाज देखिएको थिएन। ४ः४५ मा एयर चाइनाको दास्रो जहाज अवतरण गर्यो।
बी–२४७९ विमान अवतरण गरेपछि धेरैले विश्लेषण गरे– राष्ट्रपतिको जहाजले राडारलाई संकेत नपठाइ अनौठो अबतरण गर्यो। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस