एजेन्सी-इथियोपियाका प्रधानमन्त्रीले यो वर्षको नोबेल शान्ति पुरस्कार जितेका छन्। स्वीडिस एकेडेमीले सन् २०१९ को नोबेल शान्ति पुरस्कार विजेताको घोषणा शुक्रबार गरेको हो।
इथियोपियाका प्रधानमन्त्री एबी अहमदलाई शान्ति र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा गरेको योगदानका लागि नोबेल शान्ति पुरस्कार प्रदान गरिएको स्वीडिस एकेडेमीले उल्लेख गरेको छ।
इथियोपिया र एरिट्रेयाबीच गएको वर्ष शान्ति सम्झौता भएको थियो। यो शान्ति सम्झौताले २० वर्ष लामो सैन्य हिंसा अन्त्य गरेको थियो। सन् १९९८–२००० को सीमा युद्धपछि इथियोपिया र एरिट्रेयाबिच हिंसाको अवस्था थियो।
पुरस्कार बापतको ७ लाख ३० हजार पाउण्ड स्ट्रलिङ्ग उनलाई आउँदो डिसेम्बरमा ओस्लोमा हुने विशेष कार्यक्रमकाबीच हस्तान्तरण गरिने छ।
नोबेल शान्ति पुरस्कार जित्ने एबी अहमद १०० औँ व्यक्ति हुन्। यो अवधिमा नोबेल शान्ति पुरस्कारका लागि ३०१ जना तथा संस्थालाई मनोनित गरिएको छ। २ सय २३ व्यक्ति र ७८ संस्था रहेका छन्।
यो वर्षको नोबेल शान्ति पुरस्कार जलवायु परिवर्तनका लागि तत्काल काम गरिनु पर्ने पक्षमा वकालत गर्दै आएकी स्वीडेनकी किशोरी ग्रेता थुनबर्गले जित्ने आँकलन गरिएको थियो। तर उनले नोबेल शान्ति पुरस्कार जितिनन्।
यो वर्षको पुरस्कार जितेका एबी सन् २०१८ को अप्रिलमा इथियोपियाका प्रधानमन्त्री बनेका हुन्। उनले हजारौँ विपक्षी अधिकारवादीलाई जेलबाट रिहा गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस