काठमाडाैं-वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले एक महिनाम पाँच लाख रुपैयाँबराबरको खाजा खाएको बिल पेस गरेका छन्।
२०७६ असारमा अस्पताल प्रशासनले बनाएको बिलमा वीरका निर्देशक सेञ्चुरीले चार लाख ६९ हजार तीन सय रुपैयाँ खाजामा खर्च गरेको देखिन्छ। बिलको सदर सेञ्चुरी स्वयंले गरेका छन्।
अस्पताल प्रशासनले तयार गरेको बिलमा माइतीघरको अन्नपूर्ण क्याफेबाट दुई लाख ९० हजार र जी एन्ड बी क्याफेबाट एक लाख ८५ हजार रुपैयाँ बराबरको खाजा लिएको देखिन्छ। स्रोतका अनुसार एक महिनामा झन्डै पाँच लाख रुपैयाँबराबरको खाजा खर्च गरिएको भनिएका बिल नक्कली हुन्। पाँच लाख खर्च भएको देखाउन नक्कली बिल बनाइएका हुन्।
‘वीर अस्तपाल वरिपरि क्याफे हुँदाहुँदै माइतीघर किन जानुपर्यो। त्यसमा पनि अस्पतालभित्रै क्यान्टिन छ। त्यसैले माइतीघरको क्याफेबाट तयार गरेको बिल नक्कली हुन्,’ स्रोतले भन्यो, ‘अस्पताल प्रशासनले तयार गरेका केही बिलमा सार्वजनिक बिदाका दिन पनि खाजा खर्च भएको देखाइएको छ।’
यस विषयमा डा. सेञ्चुरीसँग जिज्ञासा राख्दा उनले केही ‘बदमास’ ले आफूविरुद्ध गलत प्रचार गरेको बताए। ‘अनियमिता भएकै छैन,’ उनले भने, ‘केही बदमासले गलत प्रचार गरिरहेका छन्।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस