काठमाडाैं-चिनियाँ राष्ट्रपति सी चिनफिङ यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा नेपाल आउने भएका छन्। चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई साताअघि नै तय भए पनि सरकारले गोप्य राखेको छ।
सरकारी उच्च स्रोतका अनुसार सी २५ गते नेपाल आई २६ गते फर्कने छन्। ‘अहिलेसम्म सी नेपाल आउने अक्टोबर १२ तारिखकै कुरा छ तर भारत भ्रमणको मिति तलमाथि भएमात्रै मिति फरक पर्नसक्छ। हामी अहिलेसम्म २५ गतेकै तयारीमा छौ’, स्रोतले भन्यो। दसैंलगत्तै चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्नुपर्ने भन्दै परराष्ट्र र गृह मन्त्रालयका जिम्मेवार कर्मचारीलाई काठमाडाैं बाहिर नजान भनिएको छ।
सुरक्षा निकायका प्रमुखहरुसमेत सुरक्षा तयारीमा जुटेका छन्। परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयमा दिनहु बैठक बस्न थालेको छ। परराष्ट्र र गृहका अधिकारीहरुबीच बुधबार दिनभर नै यो विषयमा गृहमा छलफल भयो। मिति तय भइसकेपछि परराष्ट्र र गृहबीच समन्वय गर्नुपर्ने भएकाले दिनहुँ छलफल हुन थालेको हो। होटल बुक गरिएको छ। तर सी कुन होटलमा बस्ने भन्नेबारे सरकारले खुलाएको छैन। अ
तिविशिष्ट पाहुना आउँदा जुनसुकै होटलमा बस्न सक्ने भएकाले सबै पाँचतारे होटललाई तयारी अवस्थामा रहन भनिएको छ। सुरक्षा निकायका प्रमुखबाहेक अन्य कसैलाई पनि भ्रमण मितिबारे जानकारी दिइएको छैन। सुरक्षा निकायलाई असोज २४,२५, २६ र २७ गतेलाई आवश्यक तयारी गर्न गृह मन्त्रालयको निर्देशन छ।
चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण दुई दिनमात्रै हो। २४ गते उनी आउने तालिका छैन। २५ गते आउने र २६ गते फर्कने भए पनि सीको भारत भ्रमणको तालिका अनुसार एक दिन वरपर हुनसक्ने सम्भावना रहेको जानकारी पनि सरकारी तहमा गराइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस