काठमाडाैं-नेपाल विद्यार्थी संघको तदर्थ समितिमा ३२ वर्ष उमेर हद कायम नहुने कांग्रेस सभापति शेर बहादुर स्पष्ट पारेका छन्। दसैंकाे शुभकामना दिन र तदर्थ समिति ३२ वर्ष कायम राख्न माग लिएर गएका विद्यार्थी नेताहरूलाइ देउवाले उक्त अडान देखाएका हुन्।
३२ वर्षको उमेर हदको मागलाई कांग्रेस सभापति शेर बहादुर देउवाले ठाडै अस्विकार गरेका हुन्। आठ महिना अघि देखि भंग भएको नेविसंघको तदर्थ समिति गठन गर्दा उमेर हद कायम गर्न माग गर्दै विद्यार्थीहरुको एक समूह देउवा निवास पुगेको थियो। बुधबार विहान देउवा निवास बुढानिलकण्ठमा पुगेका विद्यार्थी नेताहरुको प्रस्तावलाई देउवाले अस्विकार गरेका हुन्।
संसोधित विधान अनुरुप तदर्थ समिति गठन हुनुपर्ने उनीहरुको माग थियो। देउवाले संसोधित विधान १२ औं महाधिवेसन पछि मात्रै कार्यान्वयन हुने जवाफ फर्काएका थिए।निर्वतमान महामन्त्री कुन्दनराज काफ्लेको समूहबाट देउवालाई भेट्न गएका विद्यार्थी नेताहरुले उमेर हद कायम नभए आमरण अनसन बस्ने चेतावनी दिएका थिए। पूर्व केन्द्रीय सदस्यहरुको टोलीको चेतावनीको प्रतिउत्तर दिदैं देउवाले ‘आमरण अनसन बस्ने भए बस’ भन्दै जवाफ फर्काएका थिए। १२ औं महाधिवेसनका लागि २० बढि जिल्लामा अधिवेसन संसोधित विधान अनुसार भएको स्मरण उनीहरुले सभापति देउवालाई गराएका थिए। जिल्ला अधिवेसन भईसकेका सन्दर्भमा के हुने? भनि विद्यार्थी नेताहरुले राखेको जिज्ञासामा देउवाले ‘त्यो हुन्न,हुन्न’भन्दै निवासमा छिरेको एक विद्यार्थीले बताए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस