काठमाडौं – दक्षिण कोरियाले २०१७ को लागि सिबिटी परिक्षा स्थगित गरेका कारण नेपाली अवैधानिक कामदारको संख्या बढ्न थालेको छ। कम्प्युटर बेस्ड टेस्ट (सिबिटी) मार्फत पास भएर कोरिया फिर्ता हुनेहरुको प्रतिक्षा सुची धेरै भएपछि यस बर्षलाई कोरियाले सिबिटी रोकेको हो।
जनवरीको पहिलो साता श्रम मन्त्रालयले इपिएस लागु भएका १६ देशमा यस बर्ष सिबिटी संचालन नगर्ने निर्णय गरेको थियो। बैधानिक रुपमा कोरियामा तीन वर्ष काम गरी हाल कार्यरत अवस्थामा स्वदेश फर्केको व्यक्ति सिबिटी परिक्षाका लागि योग्य हुन्छ। आकस्मिक रुपमा सिबिटी रोकिएपश्चात पुनः नेपाल आएर फर्कने माध्यम सहज नभएपछि केहि कामदारले निश्चित गरिसकेको प्लेन टिकट रद्द गरेका छन्।
रोजगारीका लागि कोरिया फर्कने तत्कालको बाटो अबरुद्ध भएको जनाउदै नेपाल फर्कने निश्चित गरेको प्लेन टिकट रद्ध गर्ने केहि युवाहरु रहेको सुवनस्थित लिंक एसिया ट्राभलका संचालक आर पी देवकोटाले जानकारी दिए।
अवैधानिक कामदार बढ्ने सम्भावनाले एचआरडी कोरियाले अवैधानिक कामदारहरुको लागि सचेतना कार्यक्रम गर्न इपिएस कार्यलयलाई आग्रह गरेको छ। इपिएस कार्यालयका निर्देशक बाबुराम खतिवडाले एचआरडी कोरियाले अवैधानिक कामदार फिर्ता गर्न दबाब दिएकोले बिदाका दिनमा कोरियाका मुख्य शहरहरुमा अवैधानिक घर फिर्ती अभियान संचालन गर्न लागिएको बताए।
खतिवडाले सिबिटी रोकिए पश्चात अवैधानिक ढंगले बस्नेको संख्या बढे्को हल्ला सुनेपनि बढेको तथ्यांक नभएको बताए। सौलस्थित श्रम सहचारी देवराज ढकालले प्रत्येक महिनाको अन्तिम आइतबार अवैधानिक कामदार स्वदेश फिर्ता गर्न सचेतना कार्यक्रम आयोजना गर्न लागेको बताए।
बिदेशी कामदार नीति निर्धारण समितिले २०१६ को अन्तिम महिना प्रकाशित गरेको तथ्यांकमा नेपाली अवैधानिक कामदारहरु अन्यको तुलनामा सबैभन्दा कम रहेको जनाएको थियो। तथ्यांक अनुसार नेपाली अवैधानिक कामदारहरु सात सय ७३ जना रहेको उल्लेख गरिएको थियो। इपिएस लागु भएका देशहरुमा सबैभन्दा बढी भियतनामका अवैधानिक कामदारहरु रहेका छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस