चरिकोट – दोलखा भिमेश्वर नगरपालिका–९ लाकुरीडाँडास्थित कुतकुते भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३५ वर्षिया शान्ति थामी र ७० वर्षीया लाटी थामी रहेका छन् । नजिकैको क्याङथली खोलाबाट दुबै जनाको शब निकालिएको छ ।
पहिरोमा पुरिएर अन्य दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मृतक शान्ति थामीका छोरी १५ वर्षिया रोशनी थामी र १२ वर्षीय रितु थामी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब निरीक्षक रामेश्वर कार्कीले बताए ।
स्थानीयको सहयोगमा नेपाल प्रहरी र दोलखास्थित नेपाली सेनाको रणभिम गणले बेपत्ता दुबै जनाको खोजीकार्य गरिरहेको जिप्रका दोलखाले जनाएको छ ।
घरमासँगै सुतिरहेका शान्ति थामीका श्रीमान् मङ्गले थामीको पेट दुखेर राती करिब साढे १ बजेतिर घर नजिकै रहेको चर्पीमा जाँदा उनी पहिरोबाट बाच्न सफल भएको बताइएको छ । उनले रुँदै भने चर्पीबाट फर्कँदा घरसहित परिवार नै पहिरोले बगाइसकेको रहेछ ।
दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोरा सहितको टोलीले घटनास्थलको स्थलगत अनुगमन र निरीक्षण गरी मृतकका परिवारलाई राहत समेत उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट घटनास्थलमा पुगेका चिकित्सकसहितको टोलीले शब परिक्षण गरी आजै परिवारका आफन्त र छिमेकीको जिम्मामा लगाई दाहसंस्कार गर्न भनिएको प्रहरी नायब निरीक्षक कार्कीले बताए ।
कुतकुतेलगायत गोगने, आहालडाँडा, डाडाँगाउँ र लामाकोलका ९५ घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् । पहिरोको उच्च जोखिम बारे सरकारी संयन्त्रलाई थाहा हुँदा हुँदै पनि सुरक्षित बस्तीका लागि पहल नगरिएको गुणासो स्थानीयको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस