काठमाडाैं-चालु आर्थिक वर्ष मदिरा बिक्रीमा भारी गिरावट आएको छ। आन्तरिक राजस्व विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको मदिरा बिक्रीबापत उठाइने अन्तः शुल्क पनि घटेको छ।
अघिल्लो आवको सुरु दुई महिनाको तुलनामा चालु आवको यसै अवधिमा अन्तः शुल्क २१ प्रतिशत घटेको विभागले जानकारी दिएको छ।
आन्तरिक राजस्व कार्यालयले मुलुकभित्र हुने मदिरारबियर बिक्री तथा उत्पादनबापतको अन्तःशुल्क संकलन गर्छ। यसबाट मदिराको बिक्री वा उत्पादनमा कमी आएको स्पष्ट हुन्छ।
विभागका अनुसार यस अवधिमा दुई अर्ब रुपैयाँको मदिरा उत्पादन तथा बिक्री भएको भएको छ। यस्तै, तीन अर्ब ६२ करोड रुपैयाँ बराबरको बियर मात्रै उत्पादन तथा बिक्री भएको छ।
अघिल्लो आर्थिक वर्षको पहिलो दुई महिनामा मदिराबाट दुई अर्ब ५३ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएको थियो। २०७४/७५ मा मदिराबाट दुई अर्ब २६ करोड अन्तःशुल्क उठेको थियो। चालु आवमा मदिराबाट दुई अर्ब रुपैयाँमात्र अन्तःशुल्क संकलन भएको छ।
अघिल्लो आवमा बियर पनि तीन अर्ब ६७ करोड रुपैयाँको बिक्री भएको थियो। यसपालि १ प्रतिशतले मदिराको अन्तःशुल्क घटेको छ। २०७४/७५ को दुई महिनाको तुलनामा २०७५/७६ मा बियरबाट संकलन हुने अन्तःशुल्क ६१ प्रतिशतले बढेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस